हिमाल एकाडेमीमा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Author Logo..
अनलाइन राप्ती २०८२ जेष्ठ ३२ गते शुक्रवार

दाङ :  तुलसीपुरमा रहेको हिमाल एकाडेमीमा अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । स्टुडेन्ट क्वालिटी सर्कलको आयोजनाको प्रतियोगिता भएको थियो । विद्यालय हेर्ड गर्ल दिपशिखा कार्कीको अध्यक्षतामा एवं विद्यालयका प्रिन्सिपल मधुसुदन केसीको प्रमुख आतिथ्यमा  कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरूलाई धेरै प्रकारका फाइदा हुने बताए । उनले यसरी प्रतियोगितामा भाग लिएका विद्यार्थीहरूलाई बोल्न आत्मबल बढ्छ र उनीहरू आत्मविश्वासी बन्ने अभ्यास गर्ने समेत बताए ।

यस्तै स्पष्ट, प्रभावकारी र आकर्षक रूपमा बोल्ने कला विकास र विद्यार्थीहरूमा  विषयको गहिरो विश्लेषण गर्न मदत पुग्ने समेत बताए ।  अन्तरसदनात्मक प्रतियोगिता भएकाले समूहगत भावना, सहकार्य र विद्यालयप्रतिको एकता भावना विकास हुने भन्दै उनले विद्यार्थीहरूलाई किताबी ज्ञान मात्र नभइ विद्यालयले विभिन्न अतिरिक्त क्रियाकलाप गराउँदै आएको समेत बताए । यस्तै उनले विद्यार्थीहरूलाई परीक्षामा समसामयिक विषयहरूका निबन्ध खेल्नु पर्ने हुँदा यस्तो प्रतियोगिताले पनि उनीहरूलाई लेख्न धेरै मदत पुग्ने बताए । 

प्रतियोगितामा प्रावि तहका विद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोग र दुरुपयोग शीर्षक दिइएको थियो, भने  मावि तहका विद्यार्थीहरूलाई  “ब्रेन ड्रेनको समस्या र यसको समाधान” शीर्षकको  विषयमा विद्यार्थीहरूले गहन प्रस्तुति दिएका थिए। प्रावि तहमा २४ जना विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए, भने जसमा प्रथम हृदयश कुमार एम,  द्वितीय विद्या बस्नेत र तृतीय संस्कृति कार्की भएकी थिइन् ।

यस्तै मावि तहको प्रतियोगितामा १५ जना विद्यार्थीहरू सहभागी भएका थिए । जसमा प्रमथ  दिया बस्नेत ,  द्वितीय  सिद्धार्थ कँडेल र तृतीय सृष्टि गुप्ता भएकी थिइन् , भने उनीहरूलाई प्रमुख अतिथि केसीले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका थिए ।  प्रतियोगितामा निर्णयकमा चाहना शाह, विनोद कार्की र निर्मला योगी रहेकी थिइन् । प्रतियोगिताको सहजकर्ताको भूमिकामा सौम्या पराजुली रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार