आज देशभरको मौसम अवस्था

Author Logo..
अनलाइन राप्ती २०८२ जेष्ठ ३१ गते बिहिवार

काठमाडौं : हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ।  हाल कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  कोशी, मधेस, बागमती प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशका एकदुई स्थानमा धेरै वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना छ। राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै र बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती  र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार