दाङ : सरकारले सुनमा २ प्रतिशत विलासी कर लगाएको प्रति दाङका सुनचाँदी व्यावसायीहरूले त्यसको विरोध गरेका छन । हातमा कालोपट्टी बाँधेका सुनचाँदी व्यावसायीहरूले ब्यानरमा आफ्ना माग लेखिएको ब्यानर सहित घोराही स्थित बैङ्क रोडमा प्रर्दशन गरेका हुन । सरकारले आगामी आर्थिक वर्ष २०८२/ ८३ को बजेटमा सुन र सुनका गहनामा २ प्रतिशत विलासी कर लगाउँने र जवाहरात लगायतका बहुमान्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउँने कदम विरुद्ध सङ्घर्षका कार्यक्रम सुरु गरेको नेपाल सुनचाँदी व्यावसायी सङ्घ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माले जानकारी दिए ।
उनले सुन र सुनका गहनामा २ प्रतिशत विलासी कर र जवाहरात लगायतका बहुमूल्य बस्तुमा १३ प्रतिशत भ्याट लगाउँने सरकारी घोषणा तत्काल फिर्ता लिन सरकारसँग माग गरे । साथै छिमेकी मुलुक भारत भन्दा नेपालमा लिइने भन्सारदर ४ प्रतिशत बढी भएकोले त्यसलाई घटाई भारतमा जस्तै ६ प्रतिशत भन्सारदर कायम राख्न सरकारसँग माग गरिएको छ । व्यावसायीहरूले आजदेखि नै सरकार विरुद्ध आन्दोलन थालेका हुन
। जस अन्तरगत मङ्गलबार हातमा कालोपट्टी बाँधेर काम गर्ने जनाएको छ । यस्तै सुनचाँदीका सबै पसल पसलमा कालो झण्डा प्रदर्शन, सार्वजनिक स्थानमा बिरोल स्वरुप हस्ताक्षर सङ्कलन गरी सरकारलाई पठाउँने तयारी गरेको महासङ्घका महासचिव मानबहादुर सेपाईलीले जानकारी दिए । सरकारले व्यवसायीका माग तत्काल सम्बोधन नगरे कडा किसिमका आन्दोलननका कार्यक्रम गर्ने जानकारी दिए । करको विरोधमा हिजो लुम्बिनी प्रदेशका मुख्यमन्त्री र दाङका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र पेस गरेका छन ।