वीरगञ्जमा झडपपछि कर्फ्यू लागू

Author Logo..
अनलाइन राप्ती २०८१ चैत्र ३० गते शनिवार

काठमाडौँ : वीरगञ्जमा तोडफोड र झडप भएपछि पर्साको  अहिले कर्फ्यू लगाइएको छ। हनुमान जयन्तीको अवसरमा शनिवार निकालिएको शोभायात्राको क्रममा मुस्लिम र हिन्दु समुदायबीच तोडफोड र झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

आज साँझ ६ः३० बजेदेखि लागू हुने गरी महानगरपालिकाभित्रका चार किल्ला पूर्वतर्फ भेडिया चोक,पश्चिमतर्फ सिर्सिया पुल,उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म कर्फ्यू आदेश जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उक्त सिमानाभित्र कसैले आवतजावत गर्न,कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कार्यक्रम गर्न निषेध गरिएको छ

थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार