मुलुकमा राजनीतिक स्थिरता आवश्यक छ : काँग्रेस महामन्त्री शर्मा

Author Logo..
अनलाइन राप्ती २०८१ चैत्र २९ गते शुक्रवार

दाङ :  नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता आवश्यक रहेको बताए । शुक्रबार नेपाली काँग्रेस दाङको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले मुलुकमा राजनीतिक स्थिरता आवश्यक रहेको बताए  । उनले मुलुकमा राजनीतिक स्थिरता नहुँदा समस्या परेको भन्दै सरकारमा देखिएका परिवर्तनले राजनीतिक स्थिरताको अभाव देखिएको बताए ।

काँग्रेस दाङका सभापति शङ्कर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा  बोल्दै उनले समाजमा रहेको असन्तुष्टिलाई निराशाको भाष्य बनाएर जनताको मनोवैज्ञानिक रूपमा कमजोर बनाउन काम भइरहेको छ । यस्ता गलत भाष्यलाई चिर्न आवश्यक रहेको महामन्त्री शर्माले बताए ।

उनले जनताले राजा खोजेका नभइ सेवा खोजेको समेत बताए ।  उनले जनप्रतिनिधिहरूलाई गम्भीर भएर काम गर्न पनि आग्रह गरे । उनले भने, ‘इमानदारीपूर्वक जनताका कामलाई सम्पन्न गर्नुहोस् । आगामी चुनावमा तपाईंलाई नागरिकले आफै रोजून् ।’काँग्रेस पार्टी अलमलमा नभइ अप्ठ्यारोमा रहेको तर्क गरेका गर्दै उनले जनताका असन्तुष्टिलाई पार्टीले सम्बोधन गर्नुपर्ने तथा काँग्रेसले जनतामा आशा जगाउनु बताए ।

नेता तथा कार्यकर्तामा २०८४ सालको चुनावपछि मात्र पार्टीको महाधिवेशन हुन्छ कि भन्ने शङ्का रहेपनि त्यो चिन्ता नलिन उनले आग्रह गरे । पार्टीले ५६ वटा विभाग बनाएर कार्यशैलीमा नवीनता ल्याइएको र नयाँ अभियानका साथ काम गरिरहेको उनले बताए । महामन्त्री शर्माले अधिवेशन हुन बाँकी रहेका भ्रातृ सङ्गठनका अधिवेशन यथाशीघ्र हुने बताए पनि जोड दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार