म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ : प्रधानमन्त्री ओली

Author Logo..
अनलाइन राप्ती २०८१ चैत्र २७ गते बुधवार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र सुशासन चाहिएको उल्लेख गर्दै आफूले भ्रष्टाचार नगर्ने र कसैलाई गर्न पनि नदिने दावी गरेका छन्। बुधवार नेपाल चेम्बर अफ कमर्सको वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गरेका हुन्। उनले मुलुकमा विकास र सुशासन कायम गर्न आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बताए। मुलुकमा अझै पनि थाहा नहुने गरी भ्रष्टाचार भइरहेको हुनसक्ने आशंका व्यक्त गरे।

मुलुकलाई तीव्र गतिमा अगाडि बढाउन एकपछि अर्को अनुकूलता मिलेको उल्लेख गर्दै अध्यक्ष ओली सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति नरहेको दाबी गरे। देशमा ठूलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरू बहुमतको साथ सरकारमा रहेकाले मुलुकमा स्थिरता र स्थायित्व रहिरहने प्रधानमन्त्री ओलीको जिकिर छ।

उनले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म जाने दाबी गरे। प्रधानमन्त्री ओलीले भने‚ ‘सुशासन र भ्रष्टाचारसँग सम्झौता हुन सक्दैन। म आफू भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ। देशमा ठूलो योगदान गरेका र इतिहास बोकेका जिम्मेवार पार्टीहरू कम्फर्टेबल मेजरिटीका साथ सरकारमा छन्। स्थिरता र स्थायित्व छ, रहन्छ।’ उनले वर्तमान सरकार उद्योगी व्यवसायी तथा श्रमजीवीहरूको साथमा रहेको दोहोर्‍याए।

थाहा खबरबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार