दाङ : दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत आज कर्णाली प्रदेश र वाग्मती प्रदेश टीम भिड्दैछन् ।लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज दुई टीम बीच बिहान ९ बजेपछि खेल शुरु हुनेछ । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अङ्क तालिकाको चौथो स्थानमा रहेको कर्णाली प्रदेश र छैटौँ स्थानमा रहेको वाग्मती प्रदेश टीम बीच खेल हुन लागेको हो ।
अहिलेसम्म ७ खेल खेलिसकेको कर्णाली प्रदेश ४ मा जित र ३ मा हार बेहोर्दै ८ अङ्कका साथ चौथो स्थानमा रहँदा समान ७ खेल खेलिसकेको वाग्मती प्रदेश ३ खेलमा जित र ४ खेलमा हार बेहोर्दै ६ अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ । कर्णाली प्रदेशमा कप्तान पुनसँगै रविन्द्र शाही, सुनिल धमला, निश्चल रावल, विपिन रावल, दीपेन्द्र रावत, अर्जुन घर्ती, हिमांशु जोशी, दिनेश अधिकारी, प्रकाश जैशी, अनुज चनारा लगायत खेलाडी छन् । बागमती प्रदेशको कप्तानी पृथु बाँस्कोटाले सम्हालेका छन् भने कर्णाली प्रदेशको कप्तानी दिवान पुनले सम्हालेका छन् ।
बागमतीमा कप्तान बाँस्कोटासँगै आशुतोष घिरैया, ईशान पाण्डे, शुभ कंशाकार, सौरभ सुखाकर्मी, विपिन आचार्य, सोनु देवकोटा, रिजन ढकाल, गौतम केसी, सूर्य तामाङ, साकार गजुरेल लगायत खेलाडी छन् । अङ्क तालिकाको चौथो स्थानमा रहेको कर्णालीले आजको खेलमा जित निकाल्दै स्थान सुधारलाई निरन्तरता दिन चाहन्छ भने बागमती प्रदेशको टिमले पनि कर्णालीलाई हराउँदै अङ्क तालिकाको माथि उक्लिन चाहन्छ ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना, प्रदेश क्रिकेट सङ्घको समन्वय तथा दाङ क्रिकेट सङ्घको व्यवस्थापनमा जारी प्रतियोगितामा३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टिमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रूपन्देही र दाङमा प्रतियोगिता खालीरहेका छन् ।
राउन्ड रोविनका आधारमा भइरहेको प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ ।तीन खेल मैदानमा भइरहेकोले प्रतियोगिता अन्तरगत रूपन्देहीको सिद्धार्थ रङ्गशालामा १७ वटा, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १५ वटा, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १४ वटा गरि ४६ वटा खेल भईरहेका छन् । जसमा शनिबारसम्म ३७ वटा खेल भइसकेका छन् । यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब अब भोलि चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच