दाङ : घोराही उपमहानगरपालिका ९ खैरामा रहेको एउटा प्लाइ उद्योगमा मध्यरातिदेखि लागेको भीषण लाग लागी नियन्त्रणमा लिने प्रयास जारी छ । आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण दमकल , पानी बोक्ने ट्याङ्करहरू प्रयोग गरिएका छन् । त्यतिले पनि नपुगेपछि छिमेकी जिल्ला कपिलवस्तुबाट दमकल आइ पुगेको छ । छिमेकी जिल्ला बाँकेबाट पनि दमकल मागिएको छ ।
जिल्लाका निमित्त प्रहरी प्रमुख चक्रबहादुर शाहका अनुसार साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो बारे प्रहरीलाई राति २ बजेपछि मात्रै खबर भएको थियो । स्थानीयले भने राति १ बजेदेखि नै आगलागी सुरु भएको बताएका छन् । आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै स्थानीय पनि खटिएका छन् । आगलागीबाट करोडौँ क्षतिको अनुमान गरिएको छ ।
प्लाइ उद्योगमा भएको आगलागी र भएको क्षतिबारे तुलसीपुर उद्योगवाणिज्य सङ्घले दुःख व्यक्त गरेको छ ।आगो नियन्त्रणमा लिनका लागि सबै लाग्न अपिल पनि गरेको छ ।तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष बिनिल केसीले बिपद्को समयमा सबैले हातेमालो गर्दै आगो नियन्त्रणमा लिनका लागि खटिन आग्रह गरे ।