दाङ : मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरमा शुक्रवार जातीय बिभेद उन्मूलनका लागि अन्तराष्ट्रिय दिवस २१ मार्चका अवसरमा नागरिक संवाद कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक न्यायका लागि सामूहिक आन्दोलनको त्यक्ता विषयक नागरिक संवाद कार्यक्रममा प्रमुख वक्ता समेत रहेका प्रेस स्वतन्त्रता सेनानी टिकाराम रेग्मीले नेपालका संविधानले दिएको अधिकार नपाएकोमा चिन्ता गरे ।
‘ यो जातीय बिभेदको अवस्था अहिले पनि समाजमा भइरहेको छ,‘ उनले भने,‘ मधेशी, दलित, महिला माथि अहिले पनि राज्य सञ्चालनमा बिभेद भइरहेको छ । प्रत्येक गाउँ गाउँमा सामाजिक न्यायका लागि जनचेतना फैलाउँदै जादा बिभेद पूर्ण वातावरणमा कमी आउन सक्छ । ’ यसै बिच नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका उपाध्यक्ष जोगिन्द्र विश्वकर्माले नेतृत्व गर्ने बर्गले प्रभावकारी रुपमा कार्यान्वयन नगर्दा पनि जातीय बिभेदको अवस्था आएको बताए। विद्यालय, मठ मन्दिरमा यस्ता कार्यक्रमहरू गर्दा यसले अझै प्रभावकारी हुने बताए ।
यसै बिच महिला अधिकारकर्मी शुक्ष्म गरीले अहिलेको समाजिक ब्यवस्था र परापूर्व परम्पराले नै जातीय बिभेद भोग्नु परेको हुँदा परम्परागत पर्थाको अन्त्य गरी सामाजिक रूपान्तरणमा जानु पर्ने बताइन । महिला मानव अधिकार रक्षक संजालकी अध्यक्ष पद्मा चौधरीले जातीय बिभेद पहिलेको भन्दा अहिलेको अवस्थामा केही कमी भएको तर निर्मूल नभएको बताइन् । उनले जातीय बिभेदको गर्नु अपराधको हो ? यसलाई राजनीतिक मुद्दा बनाएर अगाडि बढाउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा उच्च अदालत बार तुलसीपुरका सचिव प्रकाश रेग्मी, ज्येष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, प्रगतिशील महिला सामुदायिक संस्थाकी अध्यक्ष कमला खत्री, हिन्दु राष्ट्रिय परिषद तुलसीपुरका सचिव कृष्ण बहादुर केसी, दलित नागरिक समाजका संयोजक छवि परियार, नमुना महिला सांसद सिमा न्यौपाने लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । शाखा सभापति कोमल डाँगीको सभापतित्वमा भएको कार्यक्रममा शाखा उपसभापति अमृत प्रसाद शर्माको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण शाखा सचिव माधव बस्नेतले गरेका थिए । कार्यक्रमको कार्यपत्र केन्द्रिय सचिव तुल्सीराम सुनारले प्रस्तुत गरेका थिए ।