गरिमा विकास बैक तुलसीपुर शाखाद्वारा विद्यार्थीलाई वित्तिय साक्षरता कार्यक्रम प्रदान

Author Logo..
अनलाइन राप्ती २०८१ चैत्र ८ गते शुक्रवार


दाङ :  दाङको तुलसीपुरमा रहेको गरिमा विकास बैक शाखाले तुलसीपुरमा रहेका राप्ती लाइफ केयर हस्पिटलमा अध्ययनरत विद्यार्थीसँग वित्तिय साक्षरता कार्यक्रम गरेको छ । शुक्रबार नर्सिङ र एचए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई वित्तिय ,ज्ञान, सीप र व्यवस्थापनका बारेमा
साक्षरता कार्यक्रम गरेको थियो  ।   विद्यार्थीहरूले व्यक्तिगत वित्त व्यवस्थापन, बचत, बैङ्किङ सेवा तथा ठगी वा वित्तिय जोखिमका बारेमा थाहा पाउँदा धेरै खुशी लागेको बताएका छन् । एचए तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी दिपेन्द्र कुमार वलीले बैङ्किङ सेवाका बारेमा पहिले आफूले केही कुराहरू थाहा पाएको भएयता पनि यो कार्यक्रमले अझै धेरै कुराहरू सिकाएको बताए । 

यो कार्यक्रमबाट आफू जस्ता विद्यार्थीहरूले जीवनमा लागू गर्नु पर्ने रहेछ, जस्तो लागेको भन्दै उनले यस्ता कार्यक्रमहरू समय समयमा हुन आवश्यक रहेको समेत बताए । उनले वित्तिय साक्षरता  कार्यक्रम आफूले पहिलो पटक लिएको भन्दै धेरै कुराहरू सिक्न पाएको बताए । यस्तै तेस्रो वर्ष नर्सिङमा अध्ययनरत विद्यार्थी विष्णुमाया विकले आफूहरू स्वास्थ्य क्षेत्रका विद्यार्थीहरू भएको भन्दे वित्तिय असाक्षरताका बारेमा थाहा पाउँदा धेरै खुशी लागेको बताइन् ।

 उनले भनिन्,‘  मानिसहरुलाई धेरै कुराहरूको ज्ञान हुन जरुरी छ । कुनै एक क्षेत्रको  ज्ञान भएर मात्र काम गर्न समस्या हुन्छ । आज बैङ्कले कलेजमा आएर हामीलाई  बैङ्किङ सेवाको बारेमा जानकारी दिँदा धेरै  कुराहरू सिक्ने  अवसर पाएका छौँ ।’ यस्तै उनले पछिल्लो समय सोझा नागरिकहरू ठग्न क्रम बढि  रहेको अवस्था सामाजिक सञ्जाल वा बैक वित्तिय संस्थाहरूबाट सेवा कसरी लिने, सञ्चालन कसरी गर्ने बारेमा जनचेतना दिने यो कार्यक्रम महत्व पूर्ण भएको समेत बताइन् ।

बालबालिकाहरू र युवाहरूलाई वित्तिय साक्षरता अभिवृद्धि गर्दै ज्ञान सीप र मनो बृद्धि विकास गर्ने उद्देश्यले यो कार्यक्रम दिने गरेको बैङ्कका शाखा  प्रमुख  जनक शाहले बताए । अर्गनाइजेशन इकोनोमिक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनमा सन २०१२ देखि हरेक वर्षको मार्च महिनामा सप्ताह व्यापी शुरुमा यो कार्यक्रम शुरु हुने र यो विश्वभरका १७५ देशमा मनाइने गरेको  उनले बताए ।  

सोही कार्यक्रम अनुसार राप्ती लाइफ केयर हस्पिटलमा  नर्सिङ तथा एचएमा अध्ययनरत विद्यार्थीलाई साक्षरता अभिवृद्धिको बारेमा जानकारी दिन यो कार्यक्रमको आयोजना गरेको उनले बताए । कार्यक्रमले विद्यार्थीहरूलाई बचत कसरी, गर्ने खर्च कम कसरी गर्ने, लगायतको बारेमा जानकारी दिएको भन्दै उनीहरु निकै उत्साहित भएको समेत उनले बताए ।  मानिसहरूमा बचत गर्ने बानी भन्दा पनि फजुल खर्च गर्ने बानी धेरै  हुने हुँदा यस्ता कार्यक्रमहरू आफूहरूले निरन्तर रुपमा विभिन्न ठाउँमा गर्ने समेत उनले बताए ।

https://www.facebook.com/ResearchMediaNepal/videos/634317795898876

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार