दाङ : बबई गाउँपालिका १ र ७ वडा, दंगीशरण १ फुर्केसल्ली नागरिकहरु जंगली जनावरका कारण निकै कष्ट पाइरहेका छन् । विशेष गरी बबई ७ मलइ, लामितरा, स्यालीतरा, असारे, जलजला लगायत ठाउँका नागरिकहरुले खेतबारीमा लगाएको अन्नबाली जंगली बँदेल लगायतले खाने गरेको र घरमा पालेका जनवारहरु पनि बाघले मार्ने गर्दा उनीहरु आजित भएका हुन् । पहिला यस्तो समस्या नभोगेका त्यहाँका नागरिकहरुले भने पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएपछि जंगली जनावरको कारण निकै समस्या पाइरहेका छन् । एकातिर निकै विकट क्षेत्र र त्यसमा पनि जंगली जनावरका कारण लगाएको अन्नबाली र पशुचौयाय पनि मार्ने गरेको स्थानीयहरुको भनाइ छ ।
यस्तै गत बर्षदेखि मलइ क्षेत्र र जलजला क्षेत्रमा विद्युत पुगेको भएयता पनि अझै लामितरा, स्यालीतरा, असारे लगायत क्षेत्रमा विद्युत सेवा नपुगेको स्थानीय बबई गाउँपालिका ७ स्यालीतराकी सरिता रानाले बताइन् । उनका अनुसार लामितरा, स्यालीतरा हुँदै असारेसम्म विद्युत सेवा नभएको उनको भनाइ छ ।
पहिला यस्तो समस्या नभोगेका त्यहाँका नागरिकहरुले भने पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएपछि जंगली जनावरको कारण निकै समस्या पाइरहेका छन् । एकातिर निकै विकट क्षेत्र र त्यसमा पनि जंगली जनावरका कारण लगाएको अन्नबाली र पशुचौयाय पनि मार्ने गरेको बबई ७ मलइका जितलाल गिरीले बताए । उनका अनुसार जंगली जनावरका कारण छिल्लीकोटका स्थानीयहरुले गाउँ छाडेका छन् । अन्नबाली वा पशुचौपाय जंगली जनावरले खाएमा निकुञ्जले राहत दिने गरेको त्यो लिन जाँदा धेरै खर्ख हुने गरेको समेतन उनको गुणासो छ । अमर बुढा मलइका बाँके राष्ट्रिय निकुञ्ज मध्यवती अन्तर्गत पुर्खेसल्ली मलइ मध्यवर्ती क्षेत्रका अध्यक्षका अनुसार बन्यजन्तुका कारण क्षेत्र पुगेका घरपरिवारलाई से्रस्ता जग्गा भएकाले मात्र राहत पाउने र ऐलानी जग्गा भएकाले रातह नपाउने बताए ।
उनले भने,‘ दर्ता जग्गा भएकाले मात्र राज्यबाट राहत पाउने गरेका छन्, तर, ऐलानी जग्गा भएकालाई राज्यले राहत दिने गरेको छैन् ।’ तर, बर्षदिनभर खाने अन्नबाली जंगली जनावरले खाए बापत दिइने रातह पर्याप्त नहुने भन्दै उनले यसमा आफूहरु दुखदायि अवस्थामा रहेको समेत बताए । उनका अनुसार बाघले खसीब्राखा र बंगुर खाएको अवस्थामा प्रति गोटाको १० हजार राहत दिने गरिन्छ । गाई, गोरु, राँगाहरु खाएको अवस्थामा पहिला ३० हजार दिने गरेकोमा अहिले यो बर्षदेखि ६० हजार दिने व्यवस्था रहेको समेत उनको भनाइ छ । बाँके राष्ट्रिय निकुञ्ज भएका कारण पनि जंगली जनावर बँदेलहरुले अन्नबालीमा धेरै क्षति गर्ने गरेको उनले बताए । उनले यस ठाउँमा नागरिकहरुलाई राज्यले पूर्नबास गरेमात्र यो समस्याबाट मुक्त हुने समेत बताए । उनका अनुसार जंगलमा जंगली जनावरहरु बढ्दै गइरहेको अवस्थामा राज्यले राहत दिएर यो समस्या समाधान हुँदैन् । यस्तै अहिले मलइ क्षेत्रमा २७५ घरधुरी रहेको र दंगीशरण गाउँपालिका १ को फुर्केसल्लीमा पनि यहि संख्यामा रहेको हुँदा यो ठाउँको बस्ती नै उठाएर व्यवस्थापन गर्नु पर्ने उनले बताए ।
उनका अनुसार अहिले फुर्केसल्लीका धेरै स्थानीयहरु जंगली जनावरका कारण गाउँ छाडेका छन् । यो बर्षको अहिलेसम्म करिब ३० वटा पशुचौपाय जंगली जनावरले मारेको समेत उनले बताए । उनका अनुसार घरै बाँधेर राखेको र आफ्नै सामुदायिक वनमा चरिचरण गराउन लगेको बेला मार्ने गरेका छन् । मलइ क्षेत्रमा केहि स्थानीयहरु पनि गाउँ छाडेर नै हिँडेको उनको भनाइ छ । यो क्षेत्र विटक हुँदा पनि यहाँका युवाहरु रोजगारीको शिलशिलामा विदेश जानेर पछि सुविधाको लागि बजार क्षेत्रमा बस्ने गर्दा पनि क्रमिक रुपमा गाउँ छाड्ने चलन बढि रहेको उनले बताए । गाउँका धेरै युवाहरु खाडी मुलक गएको उनको भनाइ छ । यस्तै उनले गाउँमा अहिले पनि फोनको सेवा नहुँदा फोन गर्नको लागि करिब आधा घन्टा र नेट चलाउनका लागि एक घण्टा हिँडेर जानु पर्ने बाध्यता रहेको समेत बताए ।
आफूहरुको मुख्य माग भनेको सडक, विद्युत, सञ्चार र बन्यजन्तु नियन्त्रण रहेको भन्दै उनले अहिले यहाँका नागरिकहरुले सुन्ने भनेको सञ्चार माध्यम रेडियो रहेको बताए । बबई गाउँपालिका ७ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता तिलक भण्डारीले बबई गाउँपालिकाको वडा नं १ को गंगटेदेखि वडा नं ७ मलइ हुँदै दंगीशरण गाउँपालिका १ को फुर्केसल्ली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गरेको बताए । पछिल्लो समय मानव र बन्यजन्तु विचको द्धण्द्ध बढ्दो क्रममा रहेको भन्दै उनले मध्यवर्ती हुन पूर्व पशुचौपाय पालेर आफ्नो जिविकापार्जन गर्नेका लागि यहाँ बस्ती बसेको उनको भनाइ छ । अहिले मध्यवर्ती क्षेत्र परेपछि अहिले यि ठाउँहरुमा बन्यजन्तुहरु बढ्दै जाँदा गाउँबस्तीमा पस्ने र नागरिकहरुलाई सताउने गरेको उनले बताए ।
उनका अनुसार यि क्षेत्र निकै विटक क्षेत्र रहेको भन्दै उनले यहाँका नागरिकहरुलाई विद्युत, सडक, सञ्चार लगायत आधारभूत आवश्यकताहरु प्रदान गर्न लागि रहेको बताए । यस्तै उनले मलइका महिलाहरुलाई जीविको पार्जनको लागि कटाइ सिलाइ तालिम, जीर्ण रहेको स्वास्थ्य संस्थालाई पूर्ण मर्मत गरेर संचालनमा ल्याएको समेत बताए । उनका अनुसार जंगली बँदेलका कारण मलइका २/३ स्थानीय घाइते भएका छन् । यस्तै उनले यहाँका नागरिक र उनीहरुले लगाएको अन्नबाली सुरक्षित गर्न १२ लाख रुपैया बराबरको मेस जालीको व्यवस्था गरेको भएयता पनि त्यो पर्याप्त मात्रामा नभएको समेत बताए ।
यस्तै उनले यहाँको बस्तीलाई स्तान्तरण गर्ने कुरा स्थानीय सरकार भन्दा बाहिरको कुरा भएको भन्दै प्रदेश र संघीय सरकारले कानुन बनाएर गरे मात्र सम्भव हुने पनि बताए । उनले भने,‘ मध्यवर्ती क्षेत्र हुने बेला यहाँको बस्तीलाई स्तान्तरण गर्न हामीले आवाज उठाएका थियौँ । तर, यहाँका स्थानीयहरुले यहाँको जग्गाजमिन छाडेर जान मान्नु भएको थिएन् । ’ यस्तै उनले एक सय बढि खसीबाख्रा बाघले आक्रमण गरेर मारेको र अन्नबालीलाई क्षति पु¥याएकालाई राहत दिने व्यवस्था अनुसार यो आर्थिक बर्षमा वडाबाट सिफारिस दिएको समेत बताए ।