काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार बढेर तोलामा १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस