आज देशभरको मौसम अवस्था

Author Logo..
अनलाइन राप्ती २०८१ मङ्सिर २४ गते सोमवार

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार