दाङ : राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । अत्यधिक मदिरा पिउने कुलतसँगै कुपोषण जस्ता कारणले पछिल्लो समय राउटेहरूको अकालमै ज्यान गइररहेका जसका कारण उनीहरुको संख्या घट्दै गइरहेको छ । राज्यले उनीहरुलाई मासिक रुपमा भत्ता दिँदै आएको भएयता पनि त्यसले आफूहरुलाई नपुग्ने भन्दै उनीहरु विभिन्न सरकारी कार्यालय सहयोग माग्ने आउने गरेका छन् । यति राउटे समुदाय सुर्खेतमा आएर बसेको छ । राउटेका मुखिया लोकेन्द्र बहादुर शाहि अन्य ३ जनालाई साथमा लिएर केहि दिन अगाडि दाङको तुलसीपुरमा सहयोगका केहि दिन अगाडि आएका थिए । राज्यबाट प्राप्त हुने भत्ताले आफूलाई खान नपुग्ने भन्दै दाङका स्थानीय तह तथा सरकारी कार्यालयहरुमा सहयोग आएको उनीको भनाइ थियो ।
उनले आफूहरु सहयोगका लागि गाउँ शहर आउने भएयता पनि बस्नलाई चाहि जंगल राम्रो लाग्ने समेत बताए । यस्तै उनले आफूहरु जंगल छाडेर गाउँ बस्ने आएमा आफूहरुको अस्तित्व नै नहुने समेत बताए । उनले भने,‘ नेपालमा पनि राउटे समुदाय छ, भनेर विदेशबाट हामीलाई खोज्दै खोज्दै आउने गरेका हुन्छन् । हामी गाउँ शहरमा बस्न लागेपछि हामीलाई कसले खोज्छ । फेरि हामीलाई शहर मन पर्र्दैन्, गाडिहरु धेरै कराउँछन्, सुत्न सकिदैन्। हामीलाई जंगल नै राम्रो लाग्छ । दाउरा काट्यो, ठुलो आगो बाल्यो, ताप्यो, त्यो सबैले मन पराउँछन् ।’ यस्तै उनले आफूहरुलाई गाउँका मान्छेहरुले पनि माया गर्ने गरेको बताए । गाउँघरमा जादा राउटे आयो, भनेर धान, चालम सहयोग गर्ने गरेको भन्दै त्यो आफूहरुलाई माया गर्ने गरेको उनले बताए । यस्तै उनले आफूहरु एक ठाउँमा कहिँले पनि बस्ने र जंगल जंगल घुमिरहने भएकाले त्यो नै मन पराउने समेत बताए ।
उनका अनुसार पहिला आफूहरु दाङमा बसेर गएको भन्दै अहिले सहयोगका लागि बेला बेला दाङमा आइन्छ । यस्तै उनले राज्यले आफूहरुलाई खाद्यान्न सहयोग गर्नु पर्ने समेत बताए । उनले भने,‘ यो पेटले नखाएर मान्दैन्, सरकारले दिएको पैसाले खान पुग्दैन् । त्यसैले हामी सहयोग माग्नको लागि दाङ आएको हौँ ।’ यस्तै ५९ बर्षीय हरि बहादुर शाहिले पनि आफूहरुलाई राज्यले दिने भत्ताले नपुग्ने हुँदा सहयोग माग्न आएको बताए । उनले पहिला आफूहरु कम मात्रामा गाउँ वा शहर आउने भएयता पनि पछिल्लो समय सबैतिर घुलमिल हुँदा राम्रो भएको बताए । उनले पनि भोकै बस्ने नसकिने भएकाले मुखियासँग सहयोग माग्न दाङ आएको बताए । यस्तै राउन्टे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानका केन्द्रिय उपाध्यक्ष एग्गे बहादुर बुढाले राउटेको संख्या घट्दै जानु नै चिन्ताको विषय बनेको बताए ।
२०६८ सालदेखि आफू निरन्तर रुपमा उनीहरुको उत्थानको लागि काम गर्दै आइरहेको भन्दै २०६८ सालको राउटेको समुदायको संख्या र अहिलेको संख्या धेरै घटेको बताए । उनले भने,‘ २०६८ सालमा मैले जुन राउटे भेटेको देखेको थिए । अहिले राउटे त्यो अवस्थामा मैले देख्दैन् । उनीहरु अहिले त्यति सुरक्षित छैनन् । उनीहरुको पहिला जुन सुरक्षित खानपिन थियो । अहिले त्यो खालको खानपिन छैनन् । सबैले मदिरा सेवन गर्न थालेका छन् । जसका कारण पनि ज्यान गुमाइरहेका छन् ।’ यस्तै उनले नेपाल सरकारले राउटे समुदायलाई आफ्नो तर्फबाट गरेको छ, भने आफूहरुले पनि हाम्रो संस्थाबाट गरेको भन्दै सबैभन्दा बढि स्वास्थ्य अवस्था नै चिन्ताजनक विषय रहेको समेत बताए । उनका अनुसार आफूहरुले राउटे समुदायको स्वास्थ्यका लागि विभिन्न किसिमका काम गरेको भएयता पनि त्यो प्रभावकारी हुन सकेन् ।
उनका अनुसार २०६८ सालमा आफूले १७७ जना राउटे भेटेकोमा गत कात्तिकमा आफ्नो संस्थाले जनगणना गर्दा १११ संख्या भेटेको भन्दै यो चिन्ताको विषय बनेको छ । यस्तै उनले यस विषयमा राज्य गम्भिर बन्नु पर्ने भएयता पनि त्यति गम्भिर नभएको समेत बताए । उनले भने,‘ अहिले राज्यले भत्ता दिएर मात्र पन्छिरहेको छ । राउटेको सुरक्षा र संरक्षण कसरी गर्ने भन्ने बारेमा सोचे छैन् । यस्तै अवस्था रहेकामा पृथ्वीबाट नै एउटा मावन जातिको अस्तित्व हराउने छ । ’ यस्तै उनले राउटेहरुलाई राज्यले सुविधासँग सँगै चेतना दिन आवश्यक रहेको समेत बताए ।
उनका अनुसार मदिरा, सुर्ति, चुरोट सेवन नगर्ने अहिले राउटे समुदायमा कोहि बाँकी छैनन् । त्यसैले राज्यले पैसा दिँदा के खाने कुन खाने भन्ने कुरामा चेतना दिनु पर्ने र यदि नमानेमा अलि कडाइ गर्नु पर्ने उनको भनाइ छ । यसैगरी उनले राउटेहरुको ज्यान सुरक्षाको लागि उनीहरुको मूल्य मान्यतालाई राज्यले भत्काउन नसक्ने हो ? भने यो समुदाय एकादेशको कहाँनी बन्ने समेत बताए । उनले भने,‘ अब पनि राज्यले यिनीहरुको लागि केहि न सोच्ने हो ? भने नेपालको जंगलबाट एउटा मानव जाति लोभ हुन्छ । अहिले जुन राउटेको विश्वमा पहिचानको सन्देश छ । त्यो पछि के होला, भन्ने बारेमा हामी म चिन्तित छु ।’