दाङ : दाङमा रगत जाँच गरेर हात्तीपाइले रोगको पहिचान गर्ने अभियान सुरु भएको छ । जिल्लामा १३ औँ पटक यो रोग विरुद्ध औषधि खुवाइएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत आईडीए इम्पेक्स सर्वे (आइआइएस ) रहेको र नेपालमा ४ वटा जिल्लामा यो कार्यक्रम शुरु भएको रिसर्च ट्रेगल इन्स्टिच्युट इन्टरनेसल संस्थाका सर्वे कोर्डिनेटर सरोज महासेठले बताए । उनका अनुसार यो कार्यक्रम दाङ, बाँके, कैलाली र मोरङ जिल्लामा शुरु भएको छ।यि ४ वटा जिल्लाहरूमा विगतमा दिनहरूमा हात्तीपाइले रोग विरुद्धको आम औषधि कार्यक्रम सञ्चालन भएको भन्दै उनले दाङ जिल्लामा सन् २०११ देखि सन् २०२३ सम्म गरी १३ पटक औषधि खुवाउने अभियान सञ्चालन भएको थियो ।
उनले भने,‘ ६ पटकसम्म औषधि खुवाएमा यो रोग नियन्त्रण हुन्छ । तर, दाङमा १३ औ पटकसम्म औषधि खुवाउने कार्यक्रम सञ्चालन भयो । यहाँका सबै नागरिकहरूले औषधि नखाँदा यस्तो अवस्था आएको हो । ’ यस्तै अहिले रगतबाट पहिचान गर्ने कार्यक्रम सञ्चालन गर्नुको मुख्य उद्देश्य अब फेरि आम औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने की नगर्ने भन्ने बारेमा रहेको समेत बताए । अहिले दाङ जिल्लालाई दुई भागमा बाँडेर सर्वे लिन काम भइरहेको उनको भनाइ छ । उनका अनुसार दुई भागमा जम्मा ६ हजार ३ सय जनाको परिक्षण गरिन्छ । दाङ ‘ए’ मा ३ हजार १५० जना र दाङ ‘बि’ मा पनि ३ हजार १५० जनाको रगत परिक्षण गरिन्छ । ‘ए’ अन्तर्गत बंगलाचुली गाउँपालिका, घोराही र तुलसीपुर उपमहानगरपालिका रहेको छ । जसमा बंगलाचुलीको वडा नं. ५, घोराहीका १, ३,४,६,८,१०,१२,१३,१४,१५, १६, १७, १८ वडा र तुलसीपुरका १,२,३,५,६,७,८,९,११, १२,१४, १६, १८ र १९ वटामा परिक्षण गरिएको छ ।
यस्तै बाँकी ७ वटा स्थानीय तह दाङ ‘बि’ मा रहेको समेत उनले बताए । जसमा शान्तिनगरका २, ४ र ६ , बबईका २,४,५ र ७, दंगीशरणका ३ र ६, लमहीका १,२,४,५,६,७,९ , गढवाका १,३,५,६,७, राजपुरका २,४,७, राप्तीका १,२,४,५,७ र ८ वडामा परिक्षण गरिन्छ । उनका अनुसार ३ हजार १५० जनाको दिनमा नमुना परिक्षण गरिने र यदि पोजेटिभ भेटिएमा रातिमा पनि त्यही ब्यक्तिको रगत लिएर नमुना लिइन्छ । उनले भने,‘ ३ हजार १५० जनामा १८ जना भन्दा माथि यो रोग देखिएमा फेरि आम औषधि खुवाउने कार्यक्रम शुरु हुन्छ । त्यो भन्दा कम देखिएको खण्डमा खुवाउनु पर्दैन । दिउँसो पोजेटिभ देखिएको ब्यक्तिलाई राती फेरि परीक्षण गरिन्छ , यदि राती पोजेटिभ देखिएमात्र यो औषधि खुवाउने कार्यक्रम शुरु हुन्छ ।’
यस्तै उनका अनुसार अहिले १८ जना भन्दा कम देखिएमा आम औषधि खुवाउने कार्यक्रम नहुने र अबको दुई वर्षपछि फेरि यस्तै आइआइएस २ कार्यक्रम आउने र फेरि सर्वे हुन्छ । त्यो सर्वे पनि पास भएपछि त्यसको आइआइएस ३ सर्वे कार्यक्रम सञ्चालन हुने र त्यो पनि पास भएमा हात्तीपाइले रोग मुक्त जिल्ला घोषणाको लागि तयारी जिल्ला हुने उनले बताए । उनका अनुसार नेपालका ६४ जिल्ला हात्तीपाइले रोगको जोखिम जिल्ला रहेका छन्, भने यि जिल्लामा विभिन्न चरणमा सर्वे भइरहेको छ । बाँकी रहेका २८ जिल्लाहरू सर्वेको सबै चरण पास भएर घोषणा हुन अवस्था रहेको उनले बताए ।
जिल्लामा विगतका १३ वर्षमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने कार्यक्रम भएयता पनि गत वर्ष नभएको तुलसीपुर ९ दोघरेमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख ईश्वरी प्रसाद चालिसेले बताए । गत वर्ष जिल्ला प्रिटासमा पास भएपछि आम औषधि खुवाउने कार्यक्रम नभएको उनले बताए । गत वर्ष सामान्य सर्वेक्षणमा पास भएपछि यस पटक गहन रुपमा सर्वेक्षण हुने लागेको भन्दै तुलसीपुर ९ मा पनि यो कार्यक्रम चलेको बताए ।उनका अनुसार आफ्ना वडामा १०५ जनाको रगतबाट दिउँसो हात्तीपाइले रोगको परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । उनीहरूको घरपरिवारलाई औषधि खुवाइएको र रातमा गरिने परीक्षणको लागि रगत लिइसकेको र २र ३ दिनमा रिपोर्ट आउने समेत उनले बताए । यस्तै विगतको औषधि खुवाउने कार्यक्रममा यस वडाका ७० प्रतिशत माथि नागरिकले औषधि सेवन गरेको समेत उनले बताए ।
वडा नं. ९ मा १४ हजार बढि जनसंख्या भएको हुँदा यो सर्वे दुई भागमा विभाजन गरी दाजुभाई चोकदेखि दक्षिण तिरको क्षेत्रमा परिक्षण गरिएको समेत उनले बताए । यस्तै तुलसीपुर ९ की विना बोहराले अहिलेसम्म आफूले हात्तीपाइले रोग विरुद्धको औषधि २ पटक मात्र खाएको बताइन् । जिल्लामा १३ औँ पटक औषधि खुवाइएको भएयता पनि आफू मुटुको बिरामी हुँदा २ पटक मात्र खाएको र अहिले यो रोगको बारेमा जाँच गर्न घर–घरमा आएको देख्दा खुशी लागेको बताइन् । उनले भनिन्,‘ यो अभियान धेरै राम्रो लागेको छ । पहिला बिरामी हुँदा यो रोगको औषधि खाए, पाइएन् । यस पटक रगत देखि छ,की छैन्, भन्ने जाँच लिन आउनु भएको छ । हाम्रा लागि यो राम्रो अवसर हो । यो जाँच गर्दा के छ, कस्तो, भन्ने ढुक्क भइन्छ । ’