दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल हुने

Author Logo..
लक्ष्मण बस्नेत २०८१ मङ्सिर १९ गते बुधवार


 दाङ : दाङको तुलसीपुरमा दोस्रो ललित स्मृति कप खुला पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुर दाङको आयोजनामा अरनिको मैदान तुलसीपुरमा सञ्चालन हुने प्रतियोगिता यही पुस ११ गते देखि सुरु हुनेछ ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र बिस्तारसँगै प्रतिभावान् खेलाडीको पहिचान गर्ने उद्देश्य तथा फेलोसिप ट्रेनिङ सेन्टरका पूर्व सञ्चालक ललित बुढामगरको सम्झनामा आयोजित प्रतियोगिताको विजेता, उपविजेता र तृतीय स्थान हात पार्ने टिम लाई क्रमशः नगद ५०, ३० र १५ हजार पुरस्कारसँगै कप, मेडल, प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधाका खेलाडी लाई ट्रफी, प्रमाणपत्र प्रदान गरिने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका सञ्चालक राजु ऐरीले जानकारी दिए । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा दाङ, सल्यान, रोल्पा, रुकुम लगायत जिल्लाका झन्डै १२ बढी भलिबल टिमको सहभागिता रहनेछ । ५ हजार टिम दर्ता शुल्क निर्धारण गरिएको प्रतियोगिताको खेल तालिका टाईसेट पुस १० गते दिउँसो ४ बजे प्रकाशित  गरिने ऐरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार