रोल्पा : रोल्पाको रुन्टीगढी गाउँपालिका ४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका भुपमणी पुन मगर निर्वाचित भएका छन् । उनले ६४३ मत ल्याएर विजयी भएका हुन् । यस्तै एमालेका बेगम पुनले ५३५ मत ल्याउँदा माओवादी केन्द्रका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याएका थिए । जम्मा १ हजार ९०० मत मध्य १हजार २९७ खसेकोमा २१ मत बदर भएको थियो ।
२०७९ को निर्वाचनमा यो वडा कांग्रेसले नै जितेको थियो । कांग्रेसका टंकबहादुर पुनले ४८८ मत ल्याएर विजयी हुँदा एमालेका बेगम पुनले ४८० मत ल्याएका थिए भने माओवादीका शिवलाल रोकाले २०३ मत ल्याएका थिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस