काठमाडौं : जाजरकोटको कुशे गाउँपालिका ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् । उनी ३४७ मत ल्याएर विजयी भए । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोरखबहादुर नेपालीले ३३२ मत ल्याएका थिए । यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो । २०७९ को चुनावमा माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्षमा विजयी हुँदा कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ , एमालेका प्रसाद सिंहले १४८ मत ल्याएका थिए ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस