कालीकोटको तिलागुफा गाउँपालिका ४ को वडाध्यक्षमा नेमकिपा शाही विजयी

Author Logo..
अनलाइन राप्ती २०८१ मङ्सिर १६ गते आइतवार

कालीकोट : कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा भएको उपनिर्वाचनम नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का खड्कराज शाही विजयी भएका छन्।  वडाध्यक्षमा शाही १४३ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नैसोभा शाहीले ११५ मत प्राप्त गरेकी जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिए।

उक्त उपनिर्वाचनमा नेकपा (एमाले)का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले ५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत पन्तले बताए। कूल ६०९  मतदातामध्ये निर्वाचनमा ४११ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार