आन्दोलनरत कर्मचारीलाई काममा फर्कन नगर प्रमुखको आग्रह

Author Logo..
अनलाइन राप्ती २०८१ मङ्सिर १६ गते आइतवार

दाङ : तुलसीपुर उपमहानगरका नगर प्रमुख टीकाराम खड्काले आन्दोलनरत कर्मचारीलाई काममा फर्कन आग्रह गरेका छन् । नगर प्रमुख खड्काले आइतबार एक अपिल जारी गर्दै आन्दोलनमा उत्रिएका कर्मचारीलाई आन्दोलन रोकेर काममा फर्कन आग्रह गरे । तुलसीपुर उपमहानगरपालिकाको स्थानीय तहका कर्मचारीको तह वृद्धि सम्बन्धी कार्यविधि २०७८ बमोजिम तह वृद्धि भएका स्थानीय तहका कर्मचारी बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछि उपमहानगरमा काम प्रभावित भएको छ ।

उच्च अदालत तुलसीपुरको फैसला, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र लुम्बिनी प्रदेश लोकसेवा आयोगको निर्देशन बमोजिम कर्मचारीको तह वृद्धि सम्बन्धी निर्णय गरिएको उल्लेख गर्दै उनले सर्वोच्चमा विचाराधीन मुद्दामा आगामी दिनमा सर्वोच्चकै आदेश स्थानीय सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे । आन्दोलनका कारण जनका काम प्रभावित भएको र दैनिक कार्य सम्पादनमा असहजता उत्पन्न भएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै नगर प्रमुख खड्काले वार्तामा आई न्यायिक निरुपणमा अघि बढ्न आन्दोलनरत कर्मचारीलाई आग्रह गरे ।

Screenshot

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार