रोल्पामा झोलुंगे पुलको काम गर्दा पहिरोले पुरिएर ५जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०८१ मङ्सिर १६ गते आइतवार

रोल्पा : रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको छ।सुनछहारी गाउँपालिका वडा नम्बर ३ गाममा निर्माणाधीन झोलुङ्गे पुलको टेवा पर्खाल भत्किएको हो।जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार टेवा पर्खाल भत्किँदा पाँच जनाको मृत्यु भएको हो। मौलाबाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको काम चलिरहेको थियो। आइतबार बिहान करिब ९:५० बजे टेवा पर्खाल भत्किँदा पाँच जनालाई पुरेको थियो ।

रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले मृतक पाँचै जनाको पहिचान खुलेको जानकारी दिए। सुनछहरी ३ बाहिरी गामका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको उनले बताए। यो पुल निर्माणमा सात जना खटिएका थिए। पर्खाल भत्केको देखेपछि दुई जना भाग्न सफल भएका थिए।

सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार