रुखबाट लडेर एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०८१ मङ्सिर १४ गते शुक्रवार

दाङ :  दाङको तुलसीपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहीवार बिहान रुखबाट लडेर गम्भिर घाईते भएका तुलसीपुर  ७ तमाखे निवासी ५६ वर्षीय जेम बहादुर सुनारको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

उनी घर नजिकै रहेको लिपलिपेको रुखको घाँस झार्ने क्रममा रुखको हाँगा भाँचिएर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते सुनारलाई तत्कालै राप्ती लाइफ केयर हस्पिटल तुलसीपुर पुर्‍याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बाँके स्थित शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पताल पुर्याए लगत्तै सुनारलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार