जातीय विभेद अन्त्य गर्न पालिकाबाटै सकारात्मक सन्देश : विश्वकर्मा

Author Logo..
अनलाइन राप्ती २०८१ कार्तिक २६ गते सोमवार

दाङ : राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्न पालिकाबाटै सकारात्मक सुरुवात भएको बताएका छन ।तुलसीपुर उपमहानगरपालिकाले दलित सशक्तीकरण ऐन कार्यान्वयन समितिले आयोजना गरेको नियमावली निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले स्थानीय सरकारले ऐन निर्माण गरी दलित समुदायका पेशा र समुदायका विद्यार्थीहरूको प्राविधिक शिक्षामा पहुँच पुर्याउने कुरा कार्यविधि र नियमावलीमा समावेश गर्नुपर्ने बताए।

उनले दलित समुदायमा गरिएको विभेदका कारण आर्थिक सूचकाङ्कमा १० प्रतिशत र मानव विकास सूचकाङ्कमा २५ प्रतिशत नकारात्मक असर देखिएको बताए ।अध्यक्ष विश्वकर्माले ऐन निर्माणमा तुलसीपुर उपमहानगरपालिकाबाट अनुकरण गर्दै प्रदेश र स्थानीय सरकारले समेत निर्माण गर्न थालिएको बताए । नगरप्रमुख टीकाराम खड्काले सशक्तीकरण ऐन कार्यान्वयनमा लैजानका लागि नियमावली र कार्यविधि तयार पार्न थालिएको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार