जङ्कफूड निषेध गराैँ : नगरप्रमुख खड्का 

Author Logo..
अनलाइन राप्ती २०८१ कार्तिक २६ गते सोमवार

दाङ :  तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टीकाराम खडकले पत्रुखानाजङ्कफूड )  निषेध गर्नुपर्ने बताएका छन । उनले पछिल्लो समयमा बालबालिकाहरूमा खाना नपाएर भन्दा खाना खान नजानेर कुपोषण बढेको भन्दै पत्रुखानाका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या सिर्जना भएको बताए ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य जनप्रवर्द्धन शाखाले आयोजना गरेको नरपालिकास्तरीय पोषण कार्यक्रम समीक्षा योजना तर्जुमा गोष्ठीको उद्‌घाटन गर्दै नगरप्रमुख खड्काले पालिकाले केही विद्यालयले विद्यालयमै विद्यालय खाजा कार्यक्रममा पोषणयुक्त खानेकुरा व्यवस्थापन गरिएको बताए सामाजिक विकास समिति संयोजक मानबहादुर रावतको अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा उद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्वास्थ्य शाखाप्रमुख ओमप्रसाद न्यौपानेले घरदैलोमा पुगेर दुई वर्षमुनिका बालबालिकाहरूको २४ पटक तौल लिने गर्भवती महिलालाई आइरन चक्की, बालभिटा वितरण गरिएको बताए । उनले पोषण कार्यक्रम पालिकाभित्र वडा न १३ मा स्तनपान कक्ष र वडा नम्बर ११ मा सुत्केरीलाई भाले उपहार नमुना युक्त कार्यक्रम भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार