सातबासमा खुला भलिबल प्रतियोगिता सुरु

Author Logo..
अनलाइन राप्ती २०८१ कार्तिक २५ गते आइतवार

दाङ :  तुलसीपुरको सातबासमा खुला भलिबल प्रतियोगिता २०८१ आज देखि सुरु भएको छ । नवज्योति सांस्कृतिक युवा क्लब तुलसीपुर ३ ले आफ्नो २२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगिताको उद्‌घाटन दाङ जिल्ला भलिबल सङ्घका महासचिव लक्ष्मण बस्नेतले गरेका हुन । उद्घाट्न समारोहलाई सम्बोधन गर्दै महासचिव बस्नेतले मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्र आम नागरिकको चासो र चिन्तन भित्र पर्नु पर्ने बताए ।

खेलकुदलाई राज्यका तिन तहका सरकारले हेर्ने र बुझ्ने दृष्टिकोण फितलो भएपनि आम खेलप्रेमी नागरिकको खबरदारी ,चासो र चिन्तनले सिङ्गो खेलक्षेत्रलाई माथि उठाउन सकिन्छ, उनले भने । उनले खेलकुदमा भविष्य खोजेका खेलाडीले अनुशासनको उच्च आदर्श लाई आत्मसात गर्नु पर्ने सुझाव दिए । 

क्लबका अध्यक्ष धनराज रोकाको अध्यक्षतामा भएको कार्यक्रममा खोखो सङ्घ दाङका सचिव तथा फेलोसिप ट्रेनिङ सेन्टरका सहचालक राजु ऐरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन धनराज थापाले गरेका थिए । यसैबीच प्रतियोगिताको आज सम्पन्न खेलमा रोयल ग्याङ भलिबल टिम तुलसीपुरले बिजयी सुरुवात गरेको छ । उद्‌घाटन खेलमा आयोजक नवज्योति सांस्कृतिक युवा क्लब तुलसीपुर ३ लाई २५-२३२५-१६ अर्थात २-० को सोझो सेटमा पराजित गर्दै रोयल ग्याङले बिजयी सुरुवात गरेको हो ।

तीन दिन सम्म सञ्चालित प्रतियोगिताको बिजेता, उपबिजिता र तृतीय स्थान हात पार्ने टिम लाई क्रमशः १५, १० र ५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा दाङ र सल्यान जिल्लाका १३ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष धनराज रोकाले जानकारी दिए । यसैबीच आयोजकले यही कार्तिक २७ गते हुने आफ्नो २२ औ वार्षिकोत्सव तथा हरिबोधनी एकादशी मेलामा उपस्थितिका लागि सबैमा आह्वान गरेको छ

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार