बर्दिया पर्यटनको दृष्टिकोणले राष्ट्रिय अन्तर्राष्ट्रिय हव बनेको छ : मुख्यमन्त्री आचार्य

Author Logo..
अनलाइन राप्ती २०८१ भाद्र १८ गते मङ्गलवार


बर्दिया :   लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले  बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले राष्ट्रिय अन्तर्राष्ट्रिय हव बनेको  बताए । बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको, बाघ, हात्ती, गैँडा लगायतका दुर्लभ बन्यजन्तु अवलोकनको राष्ट्रिय अन्तर्राष्ट्रिय गन्तव्य बन्न सफल भएको उनले  बताए  । 

अझै बर्दियालाई विश्व जगतमा ब्रान्डिङ गर्न प्रदेश सरकारले पहल लिने  भन्दै  उनले  बर्दियालाई धार्मिक, सांस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्न सकिने बताए ।  बर्दियाको जिल्लाको पवित्र तीर्थ स्थल ठाकुर बाबा मन्दिरको अवलोकन गर्दै उनले यहाँको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सरकारले बनाउने पर्यटन सर्किटमा  जोड्ने र लुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याउने, धेरै समय अडिने गरी प्याकेज बनाउने गरी काम भइरहेको पनि बताए ।

 उनले पर्यटनको विकासले समग्र लुम्बिनीको विकासमा टेवा पुग्ने भन्दै  बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले योजना तथा बजेटमा प्राथमिकतामा पार्ने प्रतिबद्धता व्यक्त गरे। चालू आर्थिक वर्षमा प्रदेश सरकारले बर्दिया जिल्लामा एक अर्ब बढी बजेट विनियोजन गरेको छ । बर्दियाको रैथाने कृषि बाली प्रवर्द्धनमा समेत सरकारले प्राथमिकतामा राखेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार