राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने

Author Logo..
अनलाइन राप्ती २०८१ भाद्र २ गते आइतवार

दाङ : दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ हुने भएको छ । सङ्घीय सरकार अन्तर्गतको प्रतिष्ठामा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नेपाली काँग्रेसका प्रदीप पौडेल आए लगतै यस्तो निर्णय भएको हो । यसअघि मन्त्रालयले ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, थप स्रोत सुनिश्चित नहुँदा पढाइ सुरु हुन सकेको थिएन।

अर्थले स्रोत सुनिश्चित गरेको सम्बन्धी पत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाइ सकेको छ ।साउन २७ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गरिने जानकारी दिएका थिए । दुवै प्रतिष्ठानले पाँच वर्ष अघि पूर्वाधार विकास भइ सकेको भएपनि मन्त्रालयमा बजेट नै नआउँदा अघि बढ्न नसकेको कार्यक्रम मन्त्री पौडेल आएपछि काम भएको हो ।

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गरे पठनपाठन अघि बढ्ने छ । एक सय बेड भन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र तीन सय बेड भन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने मन्त्री पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार