सूचीकृत नहुने सहकारी खारेज गरिन्छ : नगर प्रमुख खड्का

Author Logo..
अनलाइन राप्ती २०८१ साउन ३० गते बुधवार


दाङ :  तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले सूचीकृत नहुने सहकारी संस्थालाई खारेज गरिने बताए ।  बुधबार तुलसीपुर उपमहानगरपालिकाले सहकारी
सञ्चालकसँग  गरेको छलफलमा मेयर खड्काले उपमहानगरले सहकारीलाई नियमन गर्न सूचीकृतका लागि आह्वान गरिएको भन्दै सूचीकृत हुन नआउने सहकारी संस्थाको दर्ता खारेजका लागि सम्बन्धित निकायमा पत्राचार गरिने चेतावनी दिए ।

उनले बिभिन्न सहकारी बचत कर्तालाई ठगेर भागेको प्रसङ्ग उल्लेख गर्दै सूचीकृत भएमा सबै सहकारीको वास्तविकता स्थानीय सरकारसँग रहने र बचत कर्तालाई ठगिबाट जोगाउन सकिने समेत बताए ।  ‘ सह कारीको वास्तविक अवस्था बुझ्न स्थानीय सरकारमा सूचीकृत हुन आह्वान गरिएको छ,’ उनले भने,‘ कारोबार बिग्रेको सहकारी भए हामी बचतकर्तालाई सचेत गराउँछौँ र ठगिनबाट जोगाउँछौँ ।’ तुलसीपुर उपमहानगरले उमहानगर भित्र सञ्चालनमा आएका सहकारीलाई सूचीकृत हुन सार्वजनिक सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार