दाङ : घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको सिद्ध रत्ननाथ माध्यामिक विद्यालयले कोरियन भाषा पढाउन थालेको छ । विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन र विद्यार्थीहरूका बहुभाषाको ज्ञान दिनको लागि यो वर्षदेखि भाषा पढाउन थालेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानध्यापक उत्तम खनालका अनुसार कक्षा ११ मा अध्ययन गर्ने उनले भने,‘ गत वर्ष २५४ जनाले विद्यालयबाट कक्षा १२ पास गरेका थिए । तर, यहाँ ब्याचलर पढ्ने विद्यार्थीको सङ्ख्या भन्दा विदेश जाने विद्यार्थीको सङ्ख्या धेरै रहेको थियो । त्यसैले हामीले कोरियामा विद्यार्थी भिसा वा कामदारको रुपमा जादा यहाँ १२ पास गर्दासम्म कोरियन भाषा सिकेर पढाउन सकेमा उनीहरूले काम र पढ्न पाउने हुँदा विद्यालयमा कोरियन भाषा पढाउन थालिएको हो । ’
उनका अनुसार बिहानी सत्रमा भाषाको पढाइ हुन्छ । कोरियन भाषालाई व्यवस्थापन सङ्काय अन्तर्गत ‘ग’ समुहमा ऐच्छिक विषयका रुपमा राखेको समेत उनले बताए । विद्यालयले भाषा पढाइको बारेमा भर्ना खोलेर प्रचार प्रसार गरिएपछि विज्ञान, शिक्षा, कृषि , व्यवस्थापन सङ्कायमा ६० जना विद्यार्थीहरूले भाषा पढ्न थालेका छन् । विद्यालयका अनुसार अर्को वर्षदेखि जापानिज भाषाको पढाइ पनि शुरु गर्ने योजना रहेको छ । साउन पहिलो सातादेखि कक्षा ११ का विद्यार्थीले कोरियन भाषाको कक्षा निकै उत्साहका साथ लिइरहेको र यही भाषाका माथिल्लो कक्षा अध्ययन गर्नका लागि ११ / १२ मा पढ्ने कोरियन कक्षा निकै उपयोगी हुने कोरियन भाषा शिक्षक श्यामलाल लहेरले बताए ।
कोरियन भाषा विद्यार्थीहरूको लागि नयाँ भाषा भएको भन्दै उनले विद्यार्थीहरू पनि विद्यालयमा भाषा पढ्न पाउँदा खुशी भएको उनले बताए । यस्तै अर्का शिक्षक कविराम चौधरीले कोरियामा विद्यार्थी भिसामा जानको लागि अहिले विद्यालयमा दुई वर्षसम्म कोरिया भाषा पढ्दा धेरै फाइदा हुने बताए । उनले भने,‘ विद्यार्थीहरूले अहिले यस विद्यालयमा पढेका कुराहरू भोलि कोरिया जादा धेरै सजिलो हुन्छ । उनीहरूले कोरियन भाषा यही सिकिसकेको हुन्छ । त्यहाँ जादा भाषा बुझे, काम पाउन पनि सहज हुन्छ । ’
यस्तै उनले एकदेखि चार लेभलसम्मको कोरियन भाषा पढ्नको लागि कोरियामा एक वर्ष लाग्ने र २५ देखि ३० लाख खर्च हुने समेत बताए । उनका अनुसार त्यही कुरा कक्षा ११ देखि १२ कक्षासम्म पढ्न पाउँदा विद्यार्थीहरूको पैसा पनि बचत हुन्छ, समय पनि बचत हुन्छ । यता विद्यार्थीहरू भने नेपालमा रोजगारी भएर बस्नु भन्दा समय मै कोरियन भाषा पढेर भोलिका दिनहरूको कोरिया गएर रोजगारी गर्ने चाहना अनुसार अहिले विद्यालयमा भाषा पढ्न लागेको बताउँछन् । विद्यार्थी दिवस केसीका अनुसार अहिले विद्यालयबाट नै कोरियन भाषा सिकेर पछि राम्रो नतिजा ल्याउन सकेमा कोरिया जान सक्ने बताए ।
यस्तै उनले विदेशमा भाषा सिक्न पाउँदा पनि धेरै खुशी लागेको बताए । अहिले रोजगारीको आकर्षक गन्तव्यका रुपमा कोरिया रहेको भन्दै उनले अहिले विद्यालयमा भाषा सिक्न थप समय र लगानी खर्च गर्नु पर्ने बताए । यस्तै अर्की विद्यार्थी आशा केसीले अहिले विद्यालयमा कक्षा ११ र १२ मा यो भाषा पढ्न पाउनु अवसर भएको बताइन् । यसरी विद्यालयमा पढ्न पाउँदा धेरै खुशी लागेको समेत बताइन् ।