नयाँ पुस्ताले आर्थिक समृद्धि अगुवाई गर्नुपर्छ :  अध्यक्ष पुन

Author Logo..
अनलाइन राप्ती २०८१ साउन २६ गते शनिवार


दाङ : बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले अग्रज पुस्ताले गरेको राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक समृद्धितर्फ जनताको जीवन बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताए ।  अखिल क्रान्तिकारी बंगलाचुलीको दोस्रो पालिका सम्मेलन उद्‌घाटन गर्दै उनले यस्तो धारणा राखे ।  हजारौं जनताको बलिदानपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै उनले  यसलाई थप बलियो बनाउदै जनताको घरघरमा परिवर्तनको अनुभूति गराउन आर्थिक समृद्धिको अभियान घनिभूत बनाउनुपर्ने बताए।

उनले  आफ्नो पालिकामा पूर्वाधार विकासलाई गति दिदैँ शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई जोड दिँदै लगेको बताए ।  माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य समेत रहेका पुनले माओवादी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको मूल नीतिका आधारमा देशव्यापी अभियान घनिभूत बनाएर लैजाने बताए । 

अखिल क्रान्तिकारी बंगलाचुली  गाउँपालिका संयोजक मधुसूदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय अनुशासन समिति संयोजक नरेन्द्र केसी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिव सुदर्शन पुन, प्रदेश सचिवालय सदस्य प्रतीक अधिकारी, जिल्ला संयोजक गिरबहादुर महरा, माओवादी केन्द्रका जिल्ला सदस्य नारायण डाँगी  बंगलाचुली ३ का  वडा अध्यक्ष शोभाराज विश्वकर्मा , प्रेस सेन्टर दाङका कोषाध्यक्ष जीवन नेपाली, अखिल क्रान्तिकारी दाङका कार्यालय सदस्य हिमाल महरा र गोविन्द मल्लले शुभकामना दिएका थिए । कार्यक्रम सहजीकरण सिर्जना विश्वकर्माले गरेकी थिइन् । 

सम्मेलनले सचिन परियारको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका समिति चयन गरेको छ । जसमा उपाध्यक्ष सृजना विश्वकर्मा, जया थापा र दुर्गाबहादुर परियार, सचिव  थम्मन परियार, सहसचिव मीना डाँगी, ममता रावत, हिमाल नेपाली र कोषाध्यक्षमा दीपशिखा ओली रहेका छन्  । सम्मेलनले पालिका इन्चार्जमा मधुसूदन गिरीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार