कुलमानका समर्थकले काठमाडौंमा प्रदर्शन गरे

Author Logo..
अनलाइन राप्ती २०८१ साउन २६ गते शनिवार

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्। सरकारले घिसिङलाई हटाउने षड्यन्त्र सुरु गरेको भन्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल बक्यौता विवादका कारण अहिले सरकार र प्राधिकरणबीच दूरी बढेको छ। ठूला उद्योगलाई बिजुलीको महसुल छुट दिने चलखेल सरकारले गरेको भन्दै प्रदर्शनकारीले विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार