बिग एजुकेसनको पाँचौ शाखा दाङमा खुल्यो

Author Logo..
अनलाइन राप्ती २०८१ असार २८ गते बिहिवार

दाङ :  बिग एजुकेसन  काठमाडौँको पाँचौ शाखा तुलसीपुरमा सञ्चालनमा आएको  छ । अध्ययनका लागि विद्यार्थीहरू विदेश जाने क्रम बढेपनि सही सल्लाह र जानकारी नपाउँदा विभिन्न समस्या खेप्ने गरेको भन्दै यस्ता समस्याहरूको समाधानका लागि दाङको तुलसीपुरमा शाखा विस्तार गरेको बिग एजुकेसन काठमाडौँका सीईओ सुरज केसीले बताए ।  विद्यार्थी भर्ना मात्र नभई भनेको ठाउँमा पुर्याउने भएकोले हजारौं विद्यार्थीको मन जित्न सफल भएको उनले बताए ।   काठमाडौँको बानेश्वरमा मुख्य कार्यालय रहेको   संस्थाले  पोखरा, कञ्चनपुर, नुवाकोट, दाङमा शाखा विस्तार गरेको हो ।

विद्यार्थीको अवस्था अध्ययन गरेर उपयुक्त देशमा अध्ययनका लागि पठाउने गरिएकाले विद्यार्थीको आकर्षण बढेको उनले बताए ।  शाखा मार्फत जापान, कोरिया, अमेरिका, बेलायत, न्युजिल्यान्ड, अष्ट्रेलिया तथा युरोपका विभिन्न  देशमा अध्ययनका लागि जान सकिने शाखा प्रमुख निशा पौडेलले बताइन्  ।  उनका अनुसार छात्रवृत्तिमा समेत विद्यार्थीलाई अध्ययनका लागि पठाउने गरिएको छ। तर,  विदेशमा अध्ययन गरेर नेपालमै फर्किने वातावरण निर्माणका लागि बिग एजुकेशनको भूमिका प्रमुख हुने उनले बताइन् ।  

यसैबीच शाखाको बिहीबार एक कार्यक्रमका बिच उद्‌घाटन गरिएको छ ।  तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनिल केसी र तुलसीपुर उपमहानगरपालिका ६  का अध्यक्ष वर्षात भण्डारीले शाखाको संयुक्त रूपमा उद्‌घाटन गरेका थिए ।  पूर्ण रूपमा जानकारी नभई वाह्य मुलुकमा अध्ययनका लागि जाँदा विद्यार्थीले धेरै दुःख पाएको जनगुनासो आउने गरेकाले जानू अघि पाउने सल्लाह सुझावलाई सत्यतथ्य रूपमा प्रवाह गर्नुपर्ने वडा अध्यक्ष भण्डारीले बताए। यस्तै वडाभित्र शैक्षिक व्यवसाय सुरु गरेकोमा  खुशी व्यक्त गरे ।

 शाखाको उद्‌घाटन गर्दै प्रमुख अतिथि केसीले नेपाली विद्यार्थी अध्ययनशील र अनुशासित हुने बताए । उनले अहिलेको युग विश्व भाषाको युग रहेकाले केही कन्सलटेन्सीले सह कुरा सिकाउन नसक्दा समस्या आम विद्यार्थीले समस्या  भोग्नुपरेको भन्दै विश्वसनीय कन्सलटेन्सीका रूपमा रहेको बिग एजुकेशनको दाङको यात्रा सुखद रहने अपेक्षा गरे ।  एजुकेसन तुलसीपुरका प्रबन्ध निर्देशक ललित पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण शाखा प्रमुख निशा पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार