दाङका कुन स्थानीय तहले कति बजेट ल्याए ?

Author Logo..
अनलाइन राप्ती २०८१ असार १२ गते मङ्गलवार


दाङ :  जिल्लाका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१ / ८२ का लागि बजेट ल्याएका छन् । सबैभन्दा बढि घोराही उपमहानगरपालिकाले ल्याएको छ । जसमा घोराहीले आर्थिक वर्ष २०८१/  ८२ का लागि २ अर्ब ४२ करोड ७७ लाख १८ हजार रुपैयाँ बजेट ल्याएको छ । आर्थिक वर्ष २०८० /८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको घोराहीले आगामी वर्षका लागि २७ करोड बढीको बजेट ल्याएको हो । चालुतर्फ १ अर्ब २७ करोड १० लाख १२ हजार अर्थात् ५२.३५ प्रतिशत र पूँजीगततर्फ १ अर्ब १५ करोड ६७ लाख ६ हजार अर्थात् ४७.६५ प्रतिशत बजेट विनियोजन गरेको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ को लागि २ अर्ब साढे ७ करोड बढि बजेट ल्याएको छ । आर्थिक वर्ष २०८१ / ८२ को कुल बजेट २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३५१ रुपैयाँ अनुमानित बजेट ल्याएको छ । जसमा चालू बजेट १ अर्ब ३४ करोड ६ लाख ७४ हजार ४०२ रुपैयाँ , पुँजीगत तर्फ ६९ करोड ३१ लाख, ६३ हजार १९९ रुपैयाँ र वित्तीय तर्फ २ करोड बजेट रहेको छ ।

यस्तै लमही नगरपालिकाले आगामी आर्थिक वर्ष २०८÷ ८२ को ८४ करोड ५१ लाख २४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । संघीय सरकार समानीकरण अनुदान १४ करोड ६ लाख, संघीय राजश्व बाँडफाँड १४ करोड ६ लाख, संघीय सशर्त अनुदान चालुतर्फ २३ करोड ३२ लाख ५ हजार, पूँजीगततर्फ १० करोड ३६ लाख, संघीय सरकार समपूरक अनुदान १ करोड ५० लाख, प्रदेश सरकार समानीकरण अनुदान ९९ लाख २ हजार, सशर्त अनुदान ११ करोड ९६ लाख २ हजार, समपूरक अनुदान १० लाख ५ हजार, प्रदेश राजश्व बाँडफाँड सवारी साधन कर १७ करोड ६९ लाख ५ हजार, आन्तरिक श्रोत ८ करोड १४ लाख ५५ हजार, राजश्व बाँडफाँड स्थानीय ६ करोड, बैंक मौज्दात २ करोड, लमही अस्पताल आन्तरिकतर्फ १ करोड १० लाखको स्रोत अनुमान गर्दै बजेट ल्याइएको छ ।

यस्तै दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागी ४३ करोड ३२ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ । गत वर्ष ४४ करोड, ११ लाख ८२ हजार बिनियोजन गरेको थियो । आगामी आर्थिक वर्षमा गतवर्ष भन्दा ७९ लाख ६४ हजार बजेट घटेर आएको गाउँपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षका लागि चालु तर्फ २८ करोड १४ लाख ६८ हजार बिनियोजन गरिएको छ । पुँजीगततर्फ १५ करोड १७ लाख ५० हजार बिनियोजन गरिएको छ । ससर्त अनुदान वापत संघीय सरकारबाट प्राप्त हुने १६ करोड ९७ लाख ६ हजार, संघीय विशेष अनुदान १ करोड ८० लाख, संघीय समपूरक अनुदान ५० लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान तर्फको ७० लाख र प्रदेश समपूरक अनुदान तर्फको ७० बजेट बिनियोजन गरिएको छ ।

यस्तै शान्तिनगर गाउँपालिकाले आर्थिक वर्ष  २०८१/८२ का लागि साढे ४३ करोड बढि बजेट विनियोजन गरेको छ । सोमबार सोह्रौँ गाउँसभा मार्फत गाउँपालिकाकी उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीले आगामी आर्थिक वर्षको लागि ४३ करोड ६७ लाख ११ हजार बराबरको बजेट प्रस्तुत गरेकी थिइन् । जसमा चालू तर्फ ६८ प्रतिशत अर्थात २९ करोड ९९ लाख २८ हजार र पुँजीगत तर्फ ३२ प्रतिशत अर्थात १३ करोड ६७ लाख ८३ हजारको बजेट विनियोजन गरिएको छ ।यस्तै गढवा गाउँपालिकाले आगामी वर्षका लागि ६७ करोड ३७ लाख २७ हजार बजेट ल्याएको छ । चालुतर्फ ४० करोड ८० लाख ९२ हजार र पूँजीगततर्फ २६ करोड ५६ लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको हो ।

आर्थिक विकास क्षेत्रमा ५ करोड ६४ लाख ८३ हजार, सामाजिक विकास तर्फ १५ करोड १५ लाख १४ हजार, पूर्वाधार विकास तर्फ १९ करोड ६८ लाख २५ हजार, वन तथा वातावरण क्षेत्रमा ९८ लाख, प्रशासनिक खर्चतर्फ २५ करोड ९१ लाख पाँच हजार बजेट प्रस्तुत गरिएको छ ।यस्तै बबई गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२  का लागि ४७ करोड १० लाखको बजेट ल्याएको छ । बबईले ७ वटा वडालाई ६० लाखको सिलिङ बाँडेको छ । यस्तै राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष२०८१/८२ का लागि ६६ करोड ७९ लाख ५९ हजार ७ सय ७७ रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ४५ करोड ८९ लाख ५९ हजार ७७७ रुपैयाँ र पूँजीगततर्फ २० करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै राप्ती गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ का ६८ करोड ५९ लाख ७४ हजार बराबरको बजेट ल्याएको छ ।

जसमा चालु तर्फ ३० करोड ६७ लाख २४ हजार र पुँजीगत ३७ करोड ५ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । यस्तै बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि ५८ करोड ८० लाख ५४ हजारको बजेट सार्वजनिक गरेको छ । जसमा पूँजीगततर्फ २४ करोड ११ लाख ( ४१ प्रतिशत ) र चालु तर्फ शिक्षा स्वास्थ्यको तलब भत्ता, कार्यक्रम, सामाजिक सुरक्षा, कार्य सञ्चालन तथा व्यवस्थापन सहित ३४ करोड ३९ लाख ( ५९ प्रतिशत ) त्यसैगरी तलब भत्ता तथा कार्यालय सञ्चालन तथा व्यवस्थापन लगायतका प्रशासनिक खर्च तर्फ ७ करोड ७५ लाख ( १३ प्रतिशत खर्च प्रस्ताव गरिएको छ । प्रस्तुत बजेट मध्ये नेपाल सरकारको अनुदानबाट ४२ करोड ९ लाख, संघीय राजश्व बाँडफाँडबाट १० करोड ९० लाख, प्रदेश सरकारको अनुदानबाट २ करोड ३७ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ५२ लाख ११ हजार र आन्तरिक राजश्वबाट १ करोड ५० लाख र गत वर्षको मौज्दातबाट १ करोड ४२ लाख हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार