तुलसीपुर नगर जेसिजको सप्ताह कार्यक्रम शनिबारदेखि सुरु

Author Logo..
अनलाइन राप्ती २०८१ जेष्ठ १० गते बिहिवार

दाङ :  तुलसीपुर नगर जेसिज वर्ष २०२४ को जेसिज सप्ताह कार्यक्रम १२ गते शनिबारदेखि सुरु हुने भएको छ । बिहीबार रिपोर्टस् क्लब दाङमा पत्रकार सम्मेलनको आयोजना गरेर जेसिज सप्ताह कार्यक्रम सञ्चालन गर्न लागेको जेसी अध्यक्ष पूर्णविक्रम डाँगीले जानकारी दिए ।पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डाँगीले जेसिजले हरेक वर्ष मनाउँदै आएको व्यक्तित्व विकास, नेतृत्व विकास लगायतका विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको बताए । सोही अनुरूप यस वर्ष जेठ १२ गते बिहान ८ बजे ब्लड ग्रुपिङ नवीकरण तथा रक्तदान कार्यक्रम गरेर उद्घाटन गरिने अध्यक्ष डाँगीले बताए ।

त्यस्तै दोस्रो दिन जेठ १३ गते बिहान ११ बजे जेसिज जुनियर स्विच च्याम्पियन्सिप कार्यक्रम, जेठ १४ गते बिहान ७ गते अनुचित लेनदेन सम्बन्धी कानूनी व्यवस्था, एक शिक्षा, जेठ १५ गते बेलुका ७ बजे असल अभिभावक शिक्षा कार्यक्रम, जेठ १६ गते बिहान ७ बजे लागूपदार्थ तथा साइबर क्राइम सम्बन्धी सचेतना कार्यक्रम हुने बताए ।

त्यस्तै जेठ १७ गते बिहान ७ बजे अन्तरविद्यालय फुटसल प्रतियोगिता र जेठ १८ गते बिहान ८ बजे सहयोग सम्मान तथा समापन कार्यक्रम गर्ने बताए ।पत्रकार सम्मेलनमा तुलसीपुर नगर जेसिजका पूर्वअध्यक्ष झरेन्द्र खरेल, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरे, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस युनियनका केन्द्रिय सदस्य चेतन रेग्मी लगायतकाले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तुलसीपुर नगर जेसिजका कार्यकारी उपाध्यक्ष शुरज भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जेसी महासचिव कमल प्रकाश शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार