लाइन्स क्लब अफ क्यापिटल दाङले आगलागी पीडितको घर निर्माण गरिदिने

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख २२ गते शनिवार

दाङ :  लाइन्स क्लब अफ क्यापिटल दाङले बैशाख ४ गते आगो लागेर नष्ट भएको घर निर्माण गर्दिने प्रतिबद्धता व्यक्त गरेको छ । लाइन्स क्लब अफ क्यापिटल दाङको सम्पूर्ण टिम तुलसीपुर १३ सिमल खुटीमा बैशाख ४ गते आगो लागेर नष्ट भएको घरमै गई आफूहरूले दुई कोठाको घर निर्माण गर्दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

लाइन्स क्लब अफ क्यापिटल दाङका अध्यक्ष दीपक केसीले आगो लागेर मानवीय क्षति नभई भौतिक संरचना क्षति मात्र भएको तर भोलिका दिनमा पनि यस्ता घटना हुन सक्ने हुँदा , कुनै पनि घटना सूचना बिना आउने भएको भन्दै अब हुने संरचना पनि भोलिको दिनलाई मध्यनजर गर्दै र भोलिका दिनमा यस्ता घटना नदोहरियोस् भन्दै भूगोललाई पनि हेरेर निर्माण गर्दा राम्रो हुने बताए ।

यस्तै उनले यस्तो क्षति हुँदा समेत कुनै सरकारी निकायको आँखा नलगाउनु दुखको विषय रहेको बताए । यस्तै पीडित निर्मला बुढाले आफ्नो दुई वटा घरसँगै खाद्यान्न सबै जलेर नष्ट भएको बताइन् । दिनको ४ बजे तिर बनमा लाग्दै घरको नजिक आएको आगोलाई नियन्त्रण गर्न आफू घर तलको खोलामा गएको बेला माथिबाट आगो घरमा आइ सबै सम्पत्ति जलेर नष्ट भएको भन्दै दुख व्यक्ति गरेकी हुन् ।

आफ्नो आर्थिक अवस्था निकै कम्जोर भएको हुँदा आफूहरूले आगो लागेको आज १८ दिन सम्म पनि घर निर्माणको कार्य अगाडि बढाउन नसकेको र अरुको घरमा बस्दै आइरहेको बताइन् । यस्तै उनले आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै आफूलाई सकेको सहयोग गर्दिन समेत सम्पूर्णलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार