दाङ : तुलसीपुरका मेयर टिकाराम खड्काले तुलसीपुरको विकासका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । मुख्यमन्त्री जोखबहादुर महरालाई आज भेटेर मेयर खड्काले सडक पूर्वाधार, सिँचाइ , पर्यटन, खेलकुद र जलाशय निर्माणमा बजेट विनियोजन गरिदिन आग्रह गरे । उनले उपमहानगरका १० वटा जलाशय निर्माण, १९ वटा सिँचाइ आयोजना, ६ वटा सडक कालोपत्रे गर्ने बजेट विनियोजन गर्न आग्रह गरे ।
त्यसैगरी एउटा क्रिकेट मैदान औद्योगिक ग्राममा अत्याधुनिक वधशाला निर्माणमा आवश्यक बजेट छुट्याउन माग गरे । मुख्यमन्त्री महराले तुलसीपुरले माग गरेका ठाउँमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । ‘म तुलसीपुरको विकासका लागि प्रतिवद्ध छु ।’ मुख्यमन्त्री महराले भने ,‘तुलसीपुरले पेश गरेका सबै योजनामा बजेट विनियोजन हुनेछ ।’