उत्कृष्ट बन्दै प्रतिष्ठानको इमरजेन्सी सेवा

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख २० गते बिहिवार


दाङ :  घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी सेवा उत्कृष्ट बन्दै गएको छ । यसअघि इमरजेन्सी विभाग एच।ए।को भरमा चलेको थियो । प्रतिष्ठानको इमरजेन्सी विभागमा प्रोफेसरसहीत २ जना कन्सल्टेण्ट चिकित्सक छन् । इमरजेन्सी विभागको प्रमुखको जिम्मेवारीमा युवा चिकित्सक एमडिजिपि डा. उमाकान्त तिवारी रहेका छन्, भने प्रोफेसरमा डा. नारायणसिंह गुरुङ रहेका छन् । अहिले डा. तिवारीको नेतृत्वमा रहेको इमरजेन्सी विभागमा १० जना एमबीबीएस, २८ जना प्यारामेडिक्स तथा नर्शहरुले सेवा दिइरहेका छन् । पछिल्लो डेढ वर्ष यता इमरजेन्सी सेवा विशेषज्ञ मुखी वन्दै पनि गएको छ । २४ सै घण्टा अनकल रहेको उनले बताए । ३४ शैयाको सुविधा सम्पन्न रहेको इमरजेन्सी विभागमा मनिटरसहीतको सेवा ब्यवस्था गरीएको छ । प्रतिष्ठानका अनुसार इमरजेन्सी विभागमा अत्याधुनिक १७ वटा मनिटर पनि राखिएको छ ।

विभागमा अरु कन्सल्टेण्ट डाक्टरहरुलाई लिने प्रकृयामा रहेको डा। तिवारीले जानकारी दिए । त्यतिमात्रै नभएर सर्पदंशको उपचारको पनि भरपर्दो अस्पतालकोरुपमा प्रतिष्ठान बनेको छ। सर्पदंशको उपचारका लागि पनि विरामिहरु पछिल्लो समय प्रतिष्ठानमा आइरहेका छन् । भने अर्कोतर्फ प्राकृत्तिक विपत्तीका साथै सडक दुर्घटनामा परेर घाइते हुनेहरुको पनि राम्रो उपचारको प्रवन्ध गरीएको छ । विपत्तीको वेला प्रतिष्ठानमा कसरी भरपर्दो उपचार दिन सकीन्छ भनेर प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलको नेतृत्वमा इमरजेन्सी विभागका प्रमुख तिवारीसम्मीलित चिकित्सकको आपतकालिन समिति नै बनाईएको छ । तिवारीकै नेतृत्वमा एमडिजिपिको पाठ्यक्रम बनाएर एमडिको पढाई पनि सुरुवात गरीएको छ । एमडिजिपिमा एमडिको पढाइका लागि दुइ जना विद्यार्थि भर्ना भइसकेका छन् ।

एमडिजिपि डा. तिवारी कन्सल्टेण्टरुपमा आफै इमरजेन्सी विभागमा बस्न थालेपछि सेवा सुधार हुन थालेको हो । अस्पतालको प्रमुख सेवाकोरुपमा रहेको इमरजेन्सी विभाग सुधार्नका निमित्त उनी आफै खटिएपछि सेवा सुधारको अवस्थामा गएको छ । सबैले मुख्यरुपमा आँखा लगाउने सेवा भित्र इमरजेन्सी भएकाले यहाँको सेवालाई थप चुस्त, दुरुस्त बनाउन लागि परेको उनको भनाइ छ । पाटन अस्पतालवाट एमडि पुरा गरे लगत्तै डा. तिवारी प्रतिष्ठानमा हाजिर भइ सेवा दिइरहेका छन् । उनले इमरजेन्सी विभागको कमाण्ड सम्हालेपछि विरामीहरुले सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउन थालेका छन् ।

उनले आफु प्रतिष्ठानमा आएदेखी नै इमरजेन्सी विभागलाई विरामी मैत्री र गुणस्तरीय बनाउदै लैजाने प्रयास प्रारम्भ भएको पनि सुनाउनु भयो । इमरजेन्सी विभागमा आउने विरामीको अवस्था वर्गिकरण गरेर उपचार गर्ने गरीएको छ ।
यसैगरेर विरामी अवस्था हेरेर उपचारका लागि अन्तर विभाग समन्वयको काम पनि प्रभावकारी वन्दै गएको छ । अहिले आफ्नो ओपिडिमा दैनिक २० देखी ३० जना विरामि उपचारका लागि आउने गरेको उनले जानकारी दिए । इमरजेन्सी विभागको सुधारका लागि विशेषज्ञ थप्ने, विशेषज्ञ बस्ने वातावरण बनाउने, अवसरवाट विमुख नगराउने, कामको सही मुल्याङ्कन हुने वातावरण बनाउनुपर्ने विचार डा. तिवारीको छ ।

इमरजेन्सी विभागवाट ९ महीनामा १५ हजार बढिले पाए उपचार का छन् । यसैविच वितेको ९ महीनामा प्रतिष्ठानको इमरजेन्सी विभागवाट १५ हजार बढि विरामिले उपचार सेवा पाएका छन् । प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलले गएको साउनदेखी चैतसम्म १५ हजार १९ जना विरामिहरुले इमरजेन्सी विभागवाट उपचार प्राप्त गरेको उनले जानकारी दिए । जसमा पुरुष ७ हजार ४४१ जना र महीला ७ हजार ५७८ जना विरामिले उपचार पाएका छन् । प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइका अनुसार गएको साउनमा पुरुष ८ सय ९२ जना, महीला ९७२ जना गरेर १ हजार ८६४ जना, भदौमा पुरुष ८७२ जना, महीला १ हजार ४० जना गरेर १ हजार ९१२ जना विरामिले सेवा पाएका छन् । यसैगरेर असोजमा पुरुष ८३७ जना, महीला ९७२ जना गेर १ हजार ८०९ जना, कार्तिकमा पुरुष ९०८ जना, महीला ८४३ जना गरेर १ हजार ७५१ जना, मंसिरमा पुरुष ७६२ जना। महीला ७०६ जना गरेर १ हजार ४६८ जना विरामिले इमरजेन्सी विभागवाट उपचार पाएका छन् ।

त्यस्तै पुषमा पुरुष ७४६ जना, महीला ६८२ जना गरेर १ हजार ४२८ जना, माघमा पुरुष ७६७ जना, महीला ६९९ जना गरेर १ हजार ४६६ जना, फागुनमा पुरुष ८१९ जना, महीला ८७४ जना गरेर १ हजार ६९३ जना र चैतमा पुरुष ८३८ जना, महीला ७९० जना गरेर १ हजार ६२८ जना विरामीले उपचार पाएको सुचना अधिकारी भट्टराइले बताए । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले इमरजेन्सी विभागको सेवा सुधार भइरहेको बताउँदै आउदा दिनमा थप कल्सल्टेण्ट डाक्टरहरु थप्ने तयारी गरीरहेको बतथाए। अस्पतालको मुहार भनेकै इमरजेन्सी विभाग हुने भन्दै यसमा सुधार ल्याउने कोशीस आफुहरुको रहीरहने समेत उनले बताए । यसैगरेर प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले हर सम्भव प्रयास गरेर प्रतिष्ठानको इमरजेन्सी विभागलाई मजवुत, सेवाको हिसावले उत्कृष्ट बनाउने कामहरु भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार