दाङ : दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । घाइते मध्ये एक जना गम्भिर घाइते भएका छन् । पश्चिम देखि तुलसीपुर जाँदै गरेको रा ५ प ९३२२ नम्बरको मोटरसाइकलले शान्तिनगर ७ खैरेनी प्रतीक्षालय नजिकै पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा पैदलयात्री सल्यान घर भई हाल शान्तिनगर – ७ खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापा रहेका छन् ।
उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा बेलुका करिब पौने ७ बजेतिर मिनेटमा मृत्यु भएको हो । घाइते हुनेमा बबई ३ हंसपुरका ३० वर्षीय मोटरसाइकल चालक कमल बिक , मोटरसाइकल पछाडि बसेका बाँके घर भएका २५ वर्षीय प्रकाश रसाइली रहेका छन् । घाइते मध्ये रसाइली गम्भिर घाइते भएका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके नेपालगञ्ज रिफर गरिएको छ । विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।