काठमाडौं : इलाम-२ र बझाङ-१ (१) मा हुने उपनिर्वाचनका लागि बुधबार मध्यरातदेखि प्रचार गर्न पाइने छैन। वैशाख १५ गते हुने निर्वाचनका लागि राति १२ बजेदेखि प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि प्रचारप्रसार गर्न पाइँदैन ।
वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ। प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं. २ मा १९ र प्रदेश सभातर्फ बझाङमा १(१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस