समयमै पढाई सञ्चालन नभएको भन्दै क्याम्पसमा तालाबन्दी

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख ११ गते मङ्गलवार

दाङ :  समयमै पढाई सञ्चालन नभएको भन्दै क्याम्पस अफ लाइफ साइन्स तुलसीपुरमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन । उक्त क्याम्पसमा बिएसी एजी पहिलो सेमेस्टरमा भर्ना लिएका विद्यार्थीहरूको गत माघ महिनादेखि पढाई नभएको भन्दै ती विद्यार्थीहरूले मंगलबार क्याम्पसमा तालाबन्दी गरेका छन्। विद्यार्थीहरूले एक विज्ञप्ति जारी गर्दै क्याम्पसले विगत देखि नै भोलि – भोलि भनेर टारिरहेको र विद्यार्थीहरूको भविष्य माथि नै खेलवाड भएको जनाएका छन ।

तसर्थ आजकै मिति देखि कलेज प्रशासन र सम्पूर्ण कक्षाको पठनपाठन बन्द हुने ताला लगाएको एक विद्यार्थीले जानकारी दिए ।साथै आफ्ना मागहरू सुनुवाइ नभए आफूहरू कानुनी प्रक्रियामा जाने माग पूरा नभए सम्म कलेज प्रशासन बन्द नै रहने उनले बताए । विद्यार्थीहरूको यो कार्यमा नेपाल विद्यार्थी सघ र अनेरास्ववियुले समर्थन जनाएका छन ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार