लुम्बिनीबाट जसपाका मन्त्री फिर्ता, समर्थन कायमै

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख ९ गते आइतवार

काठमाडौं : लुम्बिनी प्रदेश सरकारमा सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा)ले दुई मन्त्री  नपाउने भएपछि सरकारबाट बाहिरिएको छ। पार्टीको निर्देशनमा मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका हुन्। अहिर चैत २५ मा जसपाबाट कृषि तथा भूमि व्यवस्थामन्त्री बनेका थिए।

जसपा प्रदेश अध्यक्ष अशोक यादवका अनुसार सरकार गठनका बेला आफ्नो पार्टीका तीन सांसदमध्ये दुई जनालाई मन्त्री बनाउने सहमति भएको थियो। यद्यपि, गठबन्धनका मुख्‍य दलहरू तथा मुख्‍यमन्त्री जोखबहादुर महराबाट थप मन्त्री नपाउने अवस्था देखिएको उनले बताए। मन्त्री फिर्ता बोलाए पनि पार्टीले सरकारलाई दिएको समर्थन भने कायमै राख्‍ने पनि उनले प्रष्ट पारे।  ८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका ३ सांसद छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार