तुलसीपुर नगर जेसिजको साधारणसभा तथा भित्तेपात्रो विमोचन 

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख ८ गते शनिवार

दाङ : तुलसीपुर नगर जेसिजले नयाँ वर्ष २०८१ सालको अवसरमा भित्तेपात्रो विमोचन गरेको छ । जेसिजले शनिबार तुलसीपुर ७ स्थित राप्ती शान्ति उद्यान  गणेशपुरमा एक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन   गरेको हो । जेसिज वर्ष २०२४ का अध्यक्ष पूर्ण बिक्रम डाँगीको अध्यक्षता तथा तुलसीपुर ७ का अध्यक्ष राम बहादुर  जिसीको प्रमुख आतिथ्यमा  कार्यक्रम भयको हो ।  प्रमुख अतिथि जिसीले  १८  वर्ष देखि ४० वर्ष सम्मका युवाहरूको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था जेसिजले प्रत्यक्ष रुपमा सामाजिक विकास मात्र होइन समाजमा रहेका विकृति विरुद्ध सचेतना फैलाउने गरेको बताए ।

साथै व्यक्तिमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनीहरूको  व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने कार्य जेसिज ले गर्दै आइरहेको जिसीको भनाई छ ।सो अवसरमा राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरे सल्यान जेसिजका अध्यक्ष अशोक बोहोरा पूर्व अध्यक्षहरू  दिपेश भण्डारी, मेघराज  घिमिरे, नारायण भट्टराई , निवर्तमान अध्यक्ष  शालिकराम ओली लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

 कार्यक्रमका संयोजक धिरज बस्नेतले  स्वागत गरेका थिए, भने कार्यक्रमको जेसिज आस्थापाठ उपाध्यक्ष जेसि  केशवराज न्यौपानेले र धन्यवाद   कार्यकारिणी उपाध्यक्ष शुरज भण्डारीले गरेका थिए ।   जेसिजका महासचिव  कमल प्रकाश शर्मा  सहजीकरण गरेका थिए ।  यसै बीच तुलसीपुर नगर जेसिजले दोस्रो साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।  साधारण सभा बट  संस्थाले विभिन्न कार्य योजना को खाका तयार पारेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार