फिल्म ‘अगस्त्यः च्याप्टर १’को ५१ दिन पुरा

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख ८ गते शनिवार

काठमाडौं  :  गतवर्षको फागुन १८ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट ५१ दिन पुरा गरेको छ । फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिष तामाङ रञ्जना सिनेप्लेक्समा उपस्थित भएर दर्शकसँगै फिल्म हेर्दै ५१ औं दिनको खुसियाली सटेका थिए । निर्देशक चौधरीले आलोचना र तारिफका बाबजुद पनि फिल्मले ५१ औं दिन मनाउनु खुशीको कुरा भएको बताए । ‘दर्शकको बर्ड अफ माउथले गर्दा हाम्रो फिल्म ५१ औं दिनसम्म आएर प्रदर्शनरत छ । दर्शकले देखाउनुभएको मायाप्रति हामी खुशी छौं । फिल्ममा पक्कै पनि केही कमीकमजोरी छन् ।

त्यो कमीकमजोरीलाई सुधार्दै जाने हामी प्रण गर्छौ ।’ ‘अगस्त्यले आज ५१ औं दिनको कोसेढुङ्गा पार गर्दै गर्दा हामी एउटा दुबिधामा छौं कि यो कुनै सफलताको मापक बिन्दु हो या हैन रु तर एउटा कुरामा सायद कसैको बिमति नरहला कि अनेकन चुनौतीहरुको बाबजुत हाम्रो फिल्मले यति लामो समय पार गर्नु उपलब्धि हो । यस महत्वपूर्ण घडीमा हामी हाम्रो दर्शकहरूमा हार्दिक नमन गर्न चाहान्छौं ।’, निर्देशक चौधरीले भनका छन् । चौधरीले अघि थपे, ई.सं.  २०२५ मा यो टिमले नयाँ फिल्म लिएर आउने जानकारी गराउँदछौँ । यस सम्बन्धी घोषणा मजदुर दिवस अर्थात् मे १ का दिन हुनेछ । अगस्त्य च्याप्टर २ः ई.सं.  २०२६ मा भव्य रुपमा आउनेछ । यस्तै, निर्माता तामाङले आफ्नो फिल्मलाई दर्शकले दिएको मायाले खुशी भएको बताए ।

‘हाम्रो फिल्मले ५१ औं दिन मनाउनु नै म र टिमका लागि यो ठूलो उपलब्धि हो । साथै कलाकार र मेकरका लागि यो भन्दा खुशीको कुरा अरु के नै हुनसक्छ र रु’, तामाङले भने । नायक नाजिरले दर्शकले फिल्म प्रति दिनुभएको माया र साथप्रति आभार व्यक्त गरे । उनले आफूले चरित्रलाई न्याय दिन सकेको कुरा दर्शकबाट पाएको प्रतिक्रियाबाट प्रमाणित भएको बताए । यता, रोम–कमको भूमिकामा देख्दै आएका नाजिर हुसेनलाई फिल्म हेर्ने अधिकांश दर्शकले लामो समयपछि फरक र राम्रो चरित्रमा देख्न पाएको प्रतिक्रया दिएका थिए । 

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रवीन्द्र झा, शिशिर बाङ्देल, निश्चल बस्नेत, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्र लगायतका कलाकारको अभिनय रहेको एक्सन–थ्रीलर यो फिल्मले फस्टलुक,  टिजर र ट्रेलरबाट उच्च हाइप पाएको थियो । खासगरी दर्शकले फिल्मका प्रमुख नायक सौगात मल्लको अभिनयको प्रशंसा गरेका थिए ।

भारत र नेपालका विभिन्न थलोमा छायांकन गरिएको यो फिल्ममा सौगातको बहुचरित्रकरणलाई दर्शकले अधिक रुचाएका थिए ।
प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलले निर्माण गरेको फिल्मको लेखन पनि सौरभकै छ । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता हुन् । फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियाग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत रहेको छ । निर्माणपक्षले ‘अगस्त्य च्याप्टर २’ लाई सन् २०२६ मा रिलिज गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार