त्रिभुवन नगर जेसिसको लागूऔषधी सचेतना कार्यक्रम सम्पन्न

Author Logo..
दीपक वली २०८१ बैशाख ६ गते बिहिवार

दाङ :  त्रिभुवन नगर जेसिसको आयोजना बिहीबार घोराही १५ भरतपुरमा रहेको पद्मोदय पब्लिक माध्यामिक विद्यालयमा लागू औषध दुर्व्यसनी विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । समाजमा लागू औषधको समस्या ठुलो भएको भन्दै यस्ता सचेतना मूलक कार्यक्रमको आवश्यकताका कारण त्रिभुवन नगर जेसिसले सप्ताह कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रमको आयोजना गरिएको हो । 

यस्ता सचेतनात्मक कार्यक्रमले समस्या समाधानमा सहयोग पुग्ने बताउनु कार्यक्रमका वक्ताहरूले बताएका थिए । जेसिसले आगामी दिनमा यस्ता सचेतना मूलक कार्यक्रम गर्नका लागि प्रहरीसँगको समन्वयमा अझै ठुलो योजना बनाउने बताएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दाङका इन्स्पेक्टर सुशान्त मिश्रले लागू औषधको विकास तथा उत्पत्ति , यस विषयमा कानूनमा के छ ? यसका असर, प्रयोग गर्ने सम्भावित कारण, यसबाट कसरी बच्ने, नागरिकको भूमिका के हुन्छ लगायतका विषयमा प्रशिक्षण दिए । 

 पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक लोक बहादुर बस्नेतले समाजमा फैलिदै गएको लागू औषध दुर्व्यसनीका कारण थुप्रै घटना भइरहेको बताउँदै यसको रोकथामका लागि सबै लाग्नुपर्ने सुझाव दिए । साथै नियमित रुपमा यस्ता सचेतनात्मक कार्यक्रमहरूको आयोजना गर्नुपर्ने बताए । अहिले बालबालिकाहरू लागूऔषधको कुलतमा फस्ने गरेको हुँदा सबैले असल नागरिकको भूमिका निर्वाह गर्नुपर्ने विद्यालयका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका  विकास चौधरीले बताए । 

 साथै सभ्य र मानव अधिकार संस्कृतिको समाज बनाउने जिम्मेवारी सबैको भएको बताए  । त्रिभुवन नगर जेसिस वर्ष २०२४ का महासचिव रमेश घिमिरेले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थी, युवा, अभिभावक, समुदायका अगुवा लगायत विद्यालयका करिब १२० जनाको सहभागिता रहेको थियो । कार्यकारिणी उपाध्यक्ष रोशन दाहाल कार्यक्रमको मूल संयोजक रहनुभएको सचेतना कार्यक्रमले नेतृत्व विकास गर्ने समाज समाजमा गएर देखिएका समस्या समाधानमा आफ्ना कृयाकलाप गर्दै जाने बताए  । 

कार्यक्रमका जेसिसका पूर्वअध्यक्षहरू , बोर्डका सदस्यहरू ,साधारण सदस्यहरूको पनि उपस्थिति रहेको थियो । जेसी रविकिरण केसीको अध्यक्षता तथा विद्यालयका अध्यक्ष विकास चौधरीको प्रमुख आतिथ्यमा  भएको कार्यक्रममा जेसी मिनेस श्रेष्ठले व्यवस्थापन गरेका थिए ।   यस्तै कार्यक्रमका संयोजक समेत रहेका जेसी विवेक देवकोटाले स्वागत मन्तव्य राखेका थिए । जेसिसको सप्ताह व्यापी कार्यक्रमको समापन यही आउँदो बैशाख ८ गते शनिवार एक सांगीतिक कार्यक्रमको साथ गरिने जेसी विवेक देवकोटाले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार