एकीकृत समाजवादीले असारमा सार्‍यो महाधिवेशन

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख ५ गते बुधवार

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशन सार्ने निर्णय गरेको छ। पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन असारमा सार्ने निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको दशौं महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौंमा गर्ने निर्णय भएको बताए। धेरै आन्तरिक तयारीहरूका कारण र संगठनको तल्लो तहबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गरी महाधिवेशन सार्ने निर्णय गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार