१५ महिना भित्र तीन पटक विश्वासको मत लिनु विडम्बना हो : प्रधानमन्त्री प्रचण्ड

Author Logo..
अनलाइन राप्ती २०८१ बैशाख ४ गते मङ्गलवार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले १५ महिना भित्र तीन पटक विश्वासको मत लिनु विडम्बनाको विषय भएको बताएका छन् । मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले आफूले केही दिनअघि मात्रै तेस्रो पटक विश्वासको मत लिएको उल्लेख गर्दै १५ महिना भित्र ती पटक विश्वासको मत लिने कुरा विडम्बना र नेपालको आफ्नो विशेषता भएको पनि बताए।

उनले कोही एउटा शक्तिले आफू पूर्ण रुपमा राजनीतिक प्रक्रियाबाट अलग र आइसोलेट भएको महसुस नगराउन कांग्रेसलाई राष्ट्रपति दिएको उल्लेख गरे। उनले राष्ट्रिय शक्तिको वातावरण नबिगार्न आफूले सबै शक्तिलाई मिलाएर अघि बढाएको बताए। उनले तीन पटक विश्वासको मत लिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार निरन्तरतामै भएको उल्लेख गरे। उनले सरकारको पुनः गठन भइरहने बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार