कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनको अवसरमा रक्तदान कार्यक्रममा

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २८ गते बुधवार


दाङ :  नेपाली कांग्रेस दाङ जिल्लाको दोस्रो जिल्ला सम्मेलनको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ११५ जनाले रक्तदान गरेका छन् ।  कांग्रेसको दोस्रो जिल्ला सम्मेलन चैत २९  अर्थात बिहीबार  घोराही उपमहानगरपालिका १४ स्थित बहुउद्देश्यीय सभागृहमा हुँदैछ । उक्त दोस्रो  जिल्ला सम्मेलनलाई कांग्रेसका केन्द्रीय सदस्य नेता  डा। शेखर कोइराला लगायतका नेताहरूले सम्बोधन गर्दै छन्  ।

नेपाली कांग्रेस दाङको आयोजनमा तथा नेपाल विद्यार्थी संघ दाङको व्यवस्थापक बुधवार पार्टी कार्यालयमा रगतको मागलाई ध्यान दिँदै सम्मेलनको अवसरमा रक्तदान आयोजना गरिएको सभापति शंकरप्रसाद डाँगीले जानकारी दिए ।  रक्तदान जीवनदान हो भन्दै बिरामीहरूलाई अत्यावश्यक पर्ने ब्लड जिल्लामा अभाव हुन नदिनका लागि नयाँ रक्तदाता उत्पादन गर्ने लक्ष्यका साथ रक्तदान आयोजना भएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीले बताए ।

उनले अझैपनि धेरै बिरामीहरू रगतको अभावमा मृत्युको मुखमा पुग्न परेको भन्दै  सक्षम व्यक्तिहरूले रक्तदान गरि पुण्य कमाउनुपर्ने समेत बताए ।   ११५ जना रक्तदाता मध्ये अठासी जना नयाँ रक्तदाता रहेका छन् ।रक्तदान नेपाल रेडक्रस सोसाइटी घोराहीको प्राविधिक सहयोगमा  सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार