मुक्त कमलहरीहरूको सशक्तीकरण लागि प्रशिक्षण

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २८ गते बुधवार


दाङ :  सामाजिक विकास कार्यालय तुलसीपुरको आयोजना तथा मुक्त कम्लहरी विकास मञ्चको संयोजनमामा मुक्त कम्लहरी तथा मुक्त कमैयाहरूका लागि सशक्तीकरण र नेतृत्व विकास तालिम बुधबार घोराहीमा सुरु भयो ।  सामाजिक विकास कार्यालयका प्रमुख गिरिराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले गरेका थिए । कार्यक्रम उद्घाटन गर्दै शर्माले मानव संशोधनको विकास गरेर मात्रै सबै क्षेत्रका विकास हुने बताए। उनले राज्य कुनै पनि हिसाबमा दायित्वबाट पन्छन नमिल्ने भन्दै मुक्त कम्लहरी र मुक्त कमैयालाई अधिकार प्राप्तीका लागि चेतना प्रदान गर्नु आवश्यक रहेको बताए ।

उनले अधिकारका विषयहरू कहाँ छन्,  भन्ने बारेमा जानकारी पाउनका लागि तालिमहरू प्रभावकारी हुने धारणा राखे  । मुलुकमा तीन तहका सरकार रहेकाले आफूलाई जहाँ पायक पर्दछ त्यहाँ पुगेर अधिकारका लागि वकालत गर्नुपर्ने सुझाव उनको थियो । उनले कसैले अन्याय गर्दछ भने चुप लागेर बस्न नहुने भन्दै अधिकारका लागि आवाज उठाउनै पर्ने बताए ।  कार्यक्रममा बोल्दै मुक्त कम्लहरी विकास मञ्चकी केन्द्रिय अध्यक्ष हिरा चौधरीले कमैया र कम्लहरी फरक विषय भएकाले राज्यलाई नै यो विषयमा कुरा बुझाउन आवश्यक रहेको बताए  ।

उनले कमैयाको पुनःस्थापनापछि मुक्त कम्लहरीहरूको पुनःस्थापना स्वतः हुन्छ भन्ने बुझाइ रहेको भन्दै यस्तो बुझाई गलत रहेको बताए  । उनले मुक्त कम्लहरीलाई के कुराको आवश्यकता छ, भन्ने बारेमा थाहा नपाएर बजेट विनियोजन गर्ने गरिएको गुनासो गरे ।  कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख पाण्डेले अधिकार प्राप्तीका लागि अरुले गरिदिएर नहुने बताए  । आफ्नो भविष्य कस्तो बनाउने भन्ने बारेमा आफैले सोच्नुपर्ने भन्दै मुक्त कम्लहरीलाई नेतृत्व गर्नसक्ने बनाउनका लागि तालिम आयोजना गरिएको बताए । 

कार्यालयका लेखा अधिकृत सुरत बहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पोखर केसीले गरेका थिए  । तीन दिन सम्म चल्ने सशक्तीकरण कार्यक्रमका प्रशिक्षकहरूका प्रेस काउन्सिलका सदस्य शरद अधिकारी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले बताए । 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार