उपनिर्वाचन लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २७ गते मङ्गलवार

काठमाडौं : उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ।  निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। त्यसअघि उम्मेदवारी फिर्ता गर्न  चाहेका बिहान ९ देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ ।

उपनिर्वाचन हुने इलाम-२ मा २० र बझाङ १ (१)मा १२ जनाले उमेदवारी दर्ता गराएका छन्।  २०८१ वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख छ। एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि इलाम-२ माउपचुनाव हुन लागेको हो। यस्तै नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको निधन भएकाले बझाङ १ (१) मा उपचुनाव हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार