लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. केसीले राजीनामा दिए

Author Logo..
अनलाइन राप्ती २०८० चैत्र २६ गते सोमवार

दाङ : लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसीले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री जोखबहादुर महरालाई सोमबार राजीनामा पत्र बुझाएका छन् । सरकार परिवर्तन भएसँगै उनी आयोगबाट बाहिरिएका हुन् ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगको उपाध्यक्षमा डा. केसीलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षता बसेको २०८० वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको थियो । उनीसँगै आयोगका सदस्यहरू डा. सुरजकुमार वली, सरोज खनाल र गीता केसीले पनि राजीनामा दिएका छन् ।

केसीले यसअवधिमा सातै प्रदेशका योजना आयोगहरूको राष्ट्रिय भेला मार्फत प्रदेशमा रहेका योजना सम्बन्धी राष्ट्रिय, प्रदेश तथा स्थानीय तहका योजनाको अन्तरसम्बन्धमा लुम्बिनी घोषणापत्र , लुम्बिनी प्रदेशको वार्षिक योजना तर्जुमा र लुम्बिनीको दिगो कृषि विकास रणनीति तयार गरेको बताए ।

त्यस्तै दोस्रो आवधिक योजना आधारपत्र तयार गरी आयोगको बैठकबाट स्वीकृत गरेको, आयोगमा तथ्यांकीय प्रणालीको सुरुवात, योजना बैंक निर्माणको आधारपत्र तयार गरिएको र मुख्यमन्त्री आर्थिक विकास कार्यक्रमको कार्यविधि र कार्यक्रम दस्तावेज तयार गरिएको उनले बताए । लुम्बिनी प्रदेशका विकास साझेदार निकायसँगै छलफल, प्रदेशको स्रोत र प्रादेशिक सम्भावना तथा रणनीति तयार लगायतका महत्वपूर्ण काम आयोगले गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार